झापाली समाजले जिल्लाक बाढी पिडितलाई पहिलो चरणको राहत प्रदान 

-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
हाल नेपालमा गएको बढी पहिरोबाट भएको धन जनको क्षतिमा अन्तराष्ट्रिय झापाली समाजले तत्कालै राहत वितरण कार्य गरेको छ। झापा जिल्लाबाट विश्वभर छरिएर रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरु समक्ष अन्तराष्ट्रिय झापाली समाजले सहयोगको अपिल गरेका चौबिस घण्टाभित्रमा नेपाली रूपैया ३० लाखभन्दा बढी रकम संकलन गर्न सफल भएको थियो।
यसरी संकलन भएको रकमलाई  मौसम केही साम्य हुनासाथ अबिलम्ब स्थानिय रेडक्रस र सरकारी निकायसँगको समन्वयमा वितरणको काम शुरुवात गर्ने तयारी गरिए बमोजिम विपत व्यवस्थापन् समिति झापा र रेडक्रस झापाको सहयोग र सिफारिसमा गत १५ अगस्त मंगलवार स्थानीय वारदशि गाऊंपालिकाको चकचकि र वारदशि क्षेत्रमा वेलुकि ८ वजे सम्म राहत वितरण सम्पन्न भयो । २५ किलो चामल, ५ किलो दाल,५ किलो चिनि, ५ लिटर तेल र २ किलो नुन सहितको  सामाग्रि १०० परिवारलाई राहत वितरण गरिएको अन्तर्राष्ट्रिय झापाली समाजका संयोजक भवानी ओलीले बताए।  राहत बितरण कार्यका लागि संयोजक ओली लगायत अन्तर्राष्ट्रिय झापाली समाजका युएई लगायतका मुलुकमा वसोवास गर्ने लगभग १ दर्जन् साथिहरु एवम् स्थानिय समाजसेवीहरुको सहभागिता थियो ।
पहिलो चरणमा जीवनयापनका लागि अत्यावश्यक खाध्यान्न सामाग्री वितरण पश्चात दोस्रो र तेस्रो चरणमा अति आवश्यक रहेको स्थानमा अस्थाई र स्थाइ वासस्थानको प्रवन्ध गर्ने तयारी रहेको कुरा पनि समाजका संयोजक भवानी ओलीले बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । यसका लागि आबश्यक पर्ने रकमका लागि पुन एक पटक विश्वभर छरिएर रहनुभएका झापाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सकेको सहयोग गर्न उक्त अबसरमा अपिल गरिएको थियो । झापा जिल्लामा  मात्र  हालसम्म ११ जनाको मृत्यु र चारजना बेपत्ता भएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ ।