कवि शर्माको कविता संग्रह बिमोचन हुदै 

-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
प्रबासको व्यस्त जीबनमा पनि आफु भित्रको साहित्यिक भोकलाई बचाउदै, बढाउदै लागेका सिड्नी निबासी कवि महेश्वर शर्माको कविता संग्रह “प्रबासका जूनहरु ” १९ अगष्टका दिन एक साहित्यिक माहोल बिच बिमोचन हुदैछ ।
अन्तराष्ट्रिय साहित्य समाज एनएसडब्लु च्याप्टरको सम्पूर्ण तारतम्यमा हुदै गरेको यस कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदुत माहामहिम लक्की शेर्पा प्रमुख अतिथिको रुपमा उपस्थिति हुनुहुनेछ भने कवि शर्माका बुबा-आमाको पनि उक्त अबसरमा बिशेष उपस्थिति हुने जनाइएको छ । अन्तराष्ट्रिय साहित्य समाज नेपाल च्याप्टरले प्रकाशन गरेको उनको यो कृति बिमोचन समारोहमा कवि शर्माले उपस्थिति साहित्य अनुरागीहरु माझ बिभिन्न बिम्बका कविताहरु पनि पस्कने छन्।
१९ अगष्ट २०१७ शनिबार २ बजे सिड्नी स्थित 16 Macmahon Street Hurstville मा हुदै गरेको यस कार्यक्रममा सहभागी हुनको लागि अन्तराष्ट्रिय साहित्य समाज एनएसडब्लु च्याप्टरले सबैलाई अनुरोध गरेको छ।