सुनिता दुलालसँग नाँच्ने होइन त न्याभ तीजमा

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, भदौ २, २०७४
मेलवर्नमा हरेक वर्ष नेप्लिज एशोसिएसन अफ भिक्टोरिया न्याभको तीज भव्य हुने गरेको छ । गत वर्ष सोचेको भन्दा बढीको सहभागी र कोमल वलीको जोडदार प्रस्तुतीले न्याभ तीजको रौनक झन् बढेको थियो, जुन मानिसहरुले अहिलेसम्म सम्झिरहेका छन् । गत वर्षको झै तीज भव्य बनाउन अथवा भनौँ त्यो भन्दा अझ भव्य बनाउन न्याभको कमिटि रातदिन खटिरहेका छन् । यहि शनिबार १९ अगस्ट थोनब्ररीमा आयोजना हुन लागेको न्याभ तीज मेला २०१७ मा यसपाली चर्चित लोकगायिका सुनिता दुलालको प्रस्तुती रहनेछ । महिला अधिकार र लैंगिक समानताको नारा सहित आयोजना गरेको यस तीजमा नेपालमा हालै गएको बाढी पहिरोमा पीडितहरुको सहयोगका लागि डोनेसन बक्स समेत राखिने छ । अाइसीसी ईन्टरनेशनलले प्रायोजन गरेको यस तीजमा उपस्थित महिलाहरुलाई मनोरञ्जन दिन विभिन्न तयारी पनि न्याभले गरेको छ । तीज मेलामा फोटो सेसन, फेशन शो तथा अन्य आकर्षणहरु पनि रहेको छ ।