गैरआवासीय नेपाली संघले सप्तरीमा राहत बितरण गर्ने

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– गैरआवासीय नेपाली संघले सप्तरी जिल्लाका बाढी प्रभावितलाई आपतकालिन राहत वितरण गर्ने भएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र गृहमन्त्री जनार्दन शर्माबीच हालै काठमाडौमा भएको छलफलमा गृहमन्त्री शर्माले एनआरएनलाई सप्तरी जिल्लामा केन्द्रीत हुन आग्रह गरेपछि उसले त्याहा राहत वितरण गर्ने भएको हो ।
गृहमन्त्री शर्माले बाढीपीडितलाई राहत प्रदान गर्न गैरआवासीय नेपाली संघले देखाएको अग्रसरताको प्रशंसा गर्दै सप्तरी जिल्लामा राहत बितरण गरिदिन आग्रह गर्नु भएको थियो ।
अध्यक्ष घलेले हाल राहत सामाग्री खरिदको प्रकृया चलिरहेको जानकारी दिँदै एक दुई दिनमै राहत बितरणका लागि सप्तरी पुग्ने जानकारी गराउनु भयो ।
गृहमन्त्री शर्माले प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा पीडितलाई राहत बितरण गर्न सुझाव दिनु भएको थियो ।
भेटपछि अध्यक्ष घलेले सरकारको आग्रहअनुसार नै स्थानीय प्रशासनसँगको समन्वयमा प्रभावकारी राहत बितरण गरिने प्रतिकृया दिनु भयो
एनआरएनएले घर बगाएका पीडित परिवारलाई त्रिपाल तथा छोटो समयका लागि खाद्यसामाग्रीसमेत बितरण गर्ने तयारी गरेको घलेले जानकारी दिनु भएको छ । बाढीपछि फैलिनसक्ने प्रकोपलाई ध्यान दिँदै एनआरएनएले स्वास्थ्य शिविर स्थापना गर्ने जानकारी दिँदै अध्यक्ष घलेले उक्त अभियानमा स्वयंसेवीरुपमा सहभागी हुन स्वास्थ्यकर्मीहरुलाई आह्वान गर्नु भयो ।
मुलुकमा बाढीको प्रकोप सुरु हुनासाथ गैरआवासीय नेपाली संघले आपतकालिन राहत कोष स्थापना गरी रकम संकलन अभियान सञ्चालन गरेको थियो । एक साताभित्र करिव दुई करोड रुपैयाँ संकलन गरी पीडितलाई राहत बितरण गर्ने गैरआवासीय नेपाली संघको योजना अन्र्तगत गृहमन्त्रीसँग छलफल भएको हो ।