ग्रान्भिलका नेपाली समुदाय दशैं तिहार मनाउने तयारीमा

-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : आइतवार, भदौ ४, २०७४
सधैका बर्षहरुमा जस्तै यस पटक पनि नेपालीहरुको बाक्लो बस्ति रहेको ग्रान्भिल क्षेत्रका नेपालीहरु सामुहिक दशैं तिहार मनाउने तयारीमा रहेको ग्रान्भिल नेपालीज कम्यूनिटी क्लवका अध्यक्ष राम रूवालीले जानकारी दिएका छन्।
सिड्नीको पश्चिम क्षेत्रमा रहेको ग्रान्भिल र यसको वरपर बिगत लामो समय देखि ठुलो संख्यामा नेपालीहरुको  बसोबास रहेको छ । सन् २००५ देखि ग्रान्भिलबासी नेपालीहरु एक आपसमा जमघट भई हरेक बर्ष महान पर्व दशैं तथा तिहारको उपलक्ष्यमा नाँच गान र साँस्कृतिक कार्यक्रमको आयेजना गरी शूभ कामना साटासाट गर्ने निरन्तरता स्वरुप यस पटकको कार्यक्रम झन फरक र प्रभाबकारी तरिकाले गर्न लगीएको अध्यक्ष रूवालीले बताए। आउदो सेप्टेम्वर १६ शनिवारको दिन साँझ ६. ३० बाट ३ मेमोरियल ड्राईभ, ग्रान्भिल यूथ एण्ड कम्यूनिटी रिक्रिएशन सेन्टर ग्रान्भिलमा हुन लागेको उक्त कार्यक्रमको प्रवेश शुल्क ३५ डलर तोकिएको छ।  यस शुल्क भित्र मिठो परिकारका साथ भरपुर मनोरंजन पनि लिन सकिनेछ । ५ बर्ष माथिका बाल बालिकालाई प्रवेश शुल्क २० डलर राखिएको छ।
यो बर्ष अन्य बर्ष भन्दा केहि भिन्न किसिमले कार्यक्रमको आयोजना गरिएको र स्थानिय कलाकारका साथै नेपालका ख्याती प्राप्त मोडल तथा डान्सर बिजय थापाको बेजोड नृत्य तथा कमेडी प्रस्तुती रहने भएको हुदा उक्त मनोरंजनात्मक कार्यक्रमको प्रत्यक्षदर्शी बन्न ग्रान्भिलको दशै तिहार कार्यक्रममा सहभागी भई दिनु हुन ग्रान्भिल नेपालीज कम्यूनिटी क्लवका तर्फबाट सबैलाई अनुरोध गरिएको छ।