संविधान संसोधन विधेयक अस्विकृत

काठमाडौं– नेपालको संविधान दोस्रो संशोधन विधेयक ब्यवस्थापिका संसदले बहुमतले अस्वीकृत गरेको छ ।
संसदको सोमबारको बैठकमा निर्णयार्थ प्रस्तुत भएको उक्त विधेयकको पक्षमा ३ सय ४७ मत मात्र परेपछि सभामुख ओनसरी घर्तीले विधेयक बहुमतले अस्वीकृत गरेको घोषणा गर्नुभएको हो । विधेयक पारितका लागि संसदमा हाल कायम ५ सय ९२ सदस्य संख्या मध्ये ३ सय ९५ मत आवश्यक थियो ।
संसदको आजको बैठकमा उपस्थित ५ सय ५३ जना सांसद मध्ये २ सय ६ जनाले बिपक्षमा मतदान गरेका थिए । प्रमुख प्रतिपक्षी एमालेसहितको बिपक्षी गठबन्धन, राप्रपा लगायतका दलले विधेयकको बिपक्षमा मतदान गरेपछि संविधान संशोधन विधेयक पहिलो पटक संसदबाट असफल भएको हो ।
सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र, राजपा लगायत दलहरुले विधेयकको पक्षमा मतदान गरेपनि आवश्यक मत भने पुग्न सकेन । विधेयकको बिपक्षमा मतदान गर्न राप्रपाले आफ्ना सांसदलाई ह्विप जारी गरेको थियो ।
आगामी असोज २ गते २ नम्बर प्रदेशमा हुने स्थानीय तह निर्वाचनको वातावरण निर्माणका लागि भन्दै सरकारले संशोधन विधेयक संसदको आजको बैठकमा निर्णयार्थ प्रस्तुत गरेको थियो ।
गत चैतको अन्तिम साता संसद सचिवालयमा दर्ता गराएको संशोधन विधेयक पारित हुने अवस्था नआएपछि सरकारले चार महिनापछि मात्र संसदमा निर्णयार्थ प्रस्तुत गरेको हो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...