माया वीन्टर म्युजिक फेस्टिभलको तयारी पूरा

मनोरञ्जनका तीन हस्ती बिपुल क्षेत्री, दिपेश किशोर भट्टराईका साथमा अल्बाट्रोस ब्याण्ड सहितको बहु प्रतिक्षित म्युजिक फेस्टिभको सिड्नी शो को तयारी पूरा भएको जानकारी आयोजक माया इभेन्टसका प्रविन घिमिरे ले जानकारी दिएका छन् । अष्ट्रेलिया कै इतिहासमा पहिलो पटक यी तीन नेपाली हस्तीहरु नेपाली समूदायलार्इ अपार मनोरञ्जन प्रदान गर्न का लागि एक साथ जुट्दैछन् । अन्तराष्ट्रिय स्तरकै मानिने नर्थ सिड्नी लूनापार्क स्थित Big Top हालमा आयोजना हुँदै गरेको यो मेगा इभेन्टस करिब ३ हजार दर्शक तथा श्रोताहरुको उपस्थिति रहने आयोजक घिमिरे ले नेपाली टाइम्सलार्इ बताए ।
बिपुल क्षेत्रीको चर्चित गीत ‘सिण्डिकेट’, ‘असार’, दिपेश किशोरको ‘मलाई माफ गरिदेउ’, ‘होस् हराए पनि’, अल्बाट्रोसको ‘फर्की फर्की नहेर मलाई’ , ‘निश्चल’ जस्ता चर्चित र मनोरन्जनात्मक गीतहरु पस्किने यो कार्यक्रम यहि अगष्ट २७ आइतबारका दिन सांझ ६ बजेदेखि राति ११ बजेसम्म चल्नेछ ।
यस साँझ सिड्नी कै ‘द हाइपर’ नामक ब्याण्डको पनि सांगीतिक यात्रा सुरु हुने कुरा आयोजकहरु ले जानकारी दिएका छन् । कार्यक्रम १८ बर्ष माथिका लागि भएकोले आफ्नो परिचय पत्र साथमा ल्याउन को लागि आयोजकहरुले अनुरोध गरेका छन् । टिकट बूकिंग तथा थप जानकारीका लागि ०४१६ ५५१ ८४७ / ०४४९ ७९४ ६९१ मा सम्पर्क गर्न सकिने छ ।
Online Ticketing का लागि तलको लिंक मा क्लिक गर्नु हुन अनुरोध छ https://www.ticketking.com.au/event/maya-winter-music-festival-ft-bipul-chettri-albatross-deepesh-k-bhattarai

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...