Let’s get together on Sydney Run दोश्रो शृखंला आगामी ८ सेप्टेम्बरमा हुँदै

-- नेपाली टाइम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, भदौ ६, २०७४

विगत केहि समयदेखि सिड्नीमा सक्रिय रहेको युवाहरुको सांगीतिक समुह Rad’studio ले एउटा विल्कुलै नयाँ सोचाइका साथ Let’s get together on Sydney Run नामको सांगीतिक, मनोरञ्जनात्मक  कार्यक्रम  ल्याएको कुरा सबै लार्इ अबगत नै छ । यसको पहिलो शृखंला यहि ५ अगष्टमा रेड क्याप्सिकम रकडेलमा अपार सफलताका साथ सम्पन्न गरिसकेको छ ।  प्रत्येक महिना सिड्नीको विभिन्न ठाँउमा  यस्तो सांगेतीक कार्यक्रम गर्ने योजना अनुरुप  आउँदो कार्यक्रम यहि ८ सेप्टेम्बर सुक्रबारका दिन Third Eye Bar मा हुने कुरा सांगीतिक समुहका एक सदस्य  राजेश घिमिरेले जानकारी दिएका छन् ।

नेपालमा यस्ता कार्यक्रमहरु बाक्लै  हुने गरेको र संगीत प्रेमीहरुले मनपराउने गरेको परिप्रेक्षमा सिड्नीमा पनि यस्तो खालको कार्यक्रमको आकर्षण रहने आयोजकहरु बताउछन्। विशेष गरि ठमेल, दरबार मार्ग एरियामा लाइभ ब्याण्डको प्रस्तुति हुने गर्दछ । त्यस्तै अवधारणा लिएर सिड्नीमा पनि कार्यक्रम गर्न लागेको घिमिरे बताउछन् । सिड्नीमा  नेपाली समुदायको बस्ति  घना छ  र  व्यस्त उत्तिकै देखिन्छ  । जब मानिसहरु धेरै व्यस्त हुन्छन तब उनीहरुमा कहिले काहिँ एउटा स्वच्छ,  मनोरन्जनात्मक अनि केहि गुणस्तरीय समयको आवस्यकता महशूस हुन जान्छ । समूदायको यस्तै मागलार्इ  सम्बोधन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस कार्यक्रम सफल हुनेमा उनी र व्याण्डका अरु सदस्य विश्वस्त छन् ।