बास्केटबल टुर्नामेन्ट हुदै 

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : बुधबार, भदौ ७, २०७४
बास्केटबल प्रेमी खेलाडी र दर्शकहरुको लागि हाम्रो असन बजार ओबर्नले पहिलो पटक एक दिवसीय बास्केटबल प्रतियोगिताको आयोजना गर्दै छ । आउदो सेप्टेम्बर १० आइतबारको दिन बिहान ९ देखी ७ बजे सम्म हर्सभिल स्थित हर्सभिल बास्केटबल कोर्टमा हुदै गरेको उक्त प्रतियोगिता लागि इन्ट्री खुलीसकेको छ । बिज-बजर्स बास्केटबल टिम सपोर्टर रहेको उक्त प्रतियिगितालाई एभरेष्ट कम्यूनिकेशन, नेपाली टच, द नेपाली टाईम्स अस्ट्रेलिया, एमएनटिभी  क्रमश कम्यूनिकेशन र मीडिया पार्टनरको रुपमा रहेको आयोजकले जनाएको छ ।
असन बजारका साथै प्यसिफीक एजुकेशन , एभरेष्ट बूचरी र जेआर होम लोन्सद्वारा प्रायोजन गरिएको उक्त प्रतियोगितामा सहभागी हून $ ३००  प्रवेश शुल्क तोकिएको छ भने सिड्नी भन्दा बाहिरको टीमलाई ५०% छूट गरिएको आयोजकको तर्फबाट गणेश थापाले जानकारी दिए । सोही दिन  बास्केटबलका साथै थप मनोरंजन अल स्टार नेप्लीज भलीबल गेम पनी हूने र साथै कार्यक्रम स्थलमा नेपाली म:म को पनी व्यबस्था रहने बिज-बजर्स क कपिल श्रेष्ठले बताए । प्रतियोगिता सम्बन्धि थप जानकारीका लागि कपिल श्रेष्ठले -0424780196, दिनेश थापा-0423700870, गणेश थापा-0421254326 लाई सम्पर्क  गर्न अनुरोध गरिन्छ।