कुशे औशीको उपहार : बुवालाई बुवाकै गीत

भाद्र ५ सोमबार हामी नेपालीहरुले बुवाको मुख हेर्ने दिन भव्यताका साथ मनायाैं । सोहि दिन सबैले आफ्नो बुवालाई अनेक प्रकारका उपहार पनि दियाैं । तर सिड्नीबासी रबि बाबु कार्कीको उपहार भने अलिक छुट्टै प्रकारको थियो । लगभग ४-५ वर्ष आगाडि बुवा श्री भक्तमान कार्की क्षेत्रीको रचनामा एउटा सांगितिक एल्बम “धेरै चाहें” निकालिएको थियो । उक्त एल्बममा रहेको ८ ओटा गीत नेपालका ख्याती प्रख्यात गायकहरुले गाएका छन् । सो एल्बममा संगीत श्री दीपक प्रधानको रहेको छ । सोहि एल्बममा समाबेश “सपनाको महल ” भन्ने गीत को Music Video बनाई आफ्नो बुवालाई “कुशे औशी काे उपहार बुवालाई बुवाकै गीत “भनि सोहि दिन Youtube मार्फत Release गरिएको थियो । उक्त गीतमा प्रख्यात गायक श्री सनुप पौडेलको स्वर र श्री दीपक प्रधानको संगीत रहेको छ । अष्ट्रेलियाको सिड्नीमा खिचिएको उक्त म्युजिक भिडियाेका निर्देशक सम्पादक र फाेटाेग्राफरमा श्री जीवन रसाइली रहेका छन् भने मोडेलका रुपमा रबि बाबु कार्की , रोशनी घिमिरे कार्की र चाइल्ड आर्टिस्ट सुअन थापा रहेका छन् । बियोगान्तक कथामा आधारित उक्त म्युजिक भिडियाे सारैनै मन छुने रहेको र आफुले पहिलो पटक बुवाकै गीतमा माेडलिङ गर्न पाउँदा सारै खुसि लागेको कुरा रबि बाबु कार्कीले बताएका छन् । उक्त एल्बममा रहेका अरु गीत पनि आउने दिनहरुमा भिडियाे बनाउने कुरा पनि ब्यक्त गरेका छन् ।
भिडियाे हेर्नको लागि तल click गर्नु होला ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...