सप्ताहव्यापी क्रिकेट टुर्नामेन्ट सम्पन्न

-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, भदौ ८, २०७४

नेपाली समुदायबीच खेलकुदको माध्यमद्धारा भाइचाराको सम्बन्ध स्थापित गर्ने उद्देश्यले संधै वर्ष जस्तै यो वर्षपनि एनएएनटी (नेप्लिज एसोसिएसन अफ नर्दन टेरिटोरी) ले यही जुलाई १५ देखि जुलाई २३ सम्म सप्ताहव्यापी क्रिकेट टुर्नामेन्ट डार्विनस्थित Tiwioval मा एक भब्य कार्यक्रमका बीच सम्पन्न भएको छ ।
सबैमाझ लोकप्रिय खेल क्रिकेटमा यो वर्ष डार्विनस्थित चार नेपाली क्लव प्रतिस्प्रधामा सहभागी भएका थिए । शुरुवादी दिनहरुबाटै उत्कृष्ट प्रर्दशन गरेका चार टिम मध्ये यसवर्ष Chitwan Cricket Club र Gurkha Worrier Circket Club फाइनलमा पुग्न सफल भए । खेलप्रेमी दर्शकहरुको उत्साहपूर्ण सहभागिता रहेको फाइनलखेल अत्यन्तै रोमाञ्चक बन्यो । शुरुमा टस जितेर बलिङ्गमा उत्रेको Gurkha Worrier Cricket Club लाई २० ओभरको खेलमा ५ वीकेटको क्षतिमा १३६ रनको चुनौति दिँदै Chitwan Tiger Cricket club ले अत्यन्त राम्रो प्रर्दशन गर्यो जसमा शुशोभित गिरी र श्रमशा थापा ले क्रमसः अर्धशतक रन बनाउँदै उत्कृष्ट प्रर्दशन गरेका थिए । यता Gurkha Worrier Cricket Club १० विकेटको क्षतिमा १११ रनमा समेटिएपछि यस वर्षको NANT Tournament Running Shield विजेताको उपाधी Chitwan Cricket Club ले चुम्न सफल भयो । त्यस्तै टुर्नामेन्ट अवधिभर रोशन क्षेत्री (KBA Global) ले सर्वाधिक रन बनाउन सफल भए भने धेरै विकेट लिन सफल तथा इमर्जिङ्ग प्ल्येर अफ टुर्नामेन्ट  को अवार्ड मनोज भट्ट र इमर्जिङ्ग प्ल्येर, म्यान अफ द सेरिज  को अवार्ड समनी थापा (C. T. Club) ले चुम्न सफल भए ।
त्यस्तै टुर्नामेन्छ अवधी तथा फाइनलमा विजय हुने खेलाडीहरुलाई विभिन्न विधामा ट्रफी तथा अवार्ड प्रदान गर्दै NANT president सुदिप श्रेष्ठ, NANT Cricket Co coordinator सुरेन्द्र दवाडीले यस्ता किसिमका प्रतियोगिताबाट साथीभाइबीच आत्मियता र भातृत्वको भावनाको विकास साथै प्रतिभाशाली खेलाडीले उचित अवसर पाउने धारण राख्दै सम्पूर्ण भोलेन्टियर, स्पोन्सर, खेलप्रेमी दर्शक, मिडियाहरु प्रति आभार व्यक्त गरेका थिए । सो फाइनल खेलको प्रत्यक्ष प्रशारण जुनकिरी मिडिया ले गरेको थियो ।