NANT द्वारा डार्विनमा तीज तथा दर खुवाउने कार्यक्रम सम्पन्न

-- कृष्ण रानाभाट, नेपाली टाइम्स अष्ट्रेलिया ?>

डार्बिन “हाम्रो सस्कृति हाम्रो कला,हाम्रो मौलिक पहिचानका  मूल आधार भन्ने मूल मन्त्रका साथ सधैं बर्ष जस्तै यो बर्ष पनि नेप्लिज एसाेसियसन अफ नर्दन टेरिटोरी (NANT) को आयोजना मा NRNA-NT ,डार्विन Heart फूटबल क्लब तथा नारी निकुन्ज अष्ट्रेलियाको संयुक्त सहयोगमा नेपाली नारीहरु को महान चाड हरितालिका तीज तथा दर खुवाउने बिशेष कार्यक्रम भब्य रुपमा यही अगष्ट ४ २०१७ शुक्रबारका दिन डार्विन स्थित इटालीयन क्लब को हल Marrara मा भब्य रुपमा सम्पन्न भयो  । कार्यक्रम को शुभारम्भ पानसमा दिप प्रज्वलन गर्दै प्रमुख अतिथी Northern टेरिटोरी का Multicultural Assistant Minister kate Warden ले नेपाली महिलाहरु को महान चाड हरितालीका तिज को शुभकामना दिदै आयोजक संस्था NANT लाई धन्यवाद दिनु भयको थियो  । सो अबसरमा डार्विन City का lord Mayor ,multicultural Council का प्रेसिडेन्ट,Hindu Society का President लगायत अतिथीहरु को उपस्थिति थियो  । भब्य उपस्थिति रहेको उक्त कार्यक्रममा सम्पूर्ण उपस्थिति दिदीबहिनी ,दाजुभाइहरु तथा अतिथीहरु लाई स्वागत गर्दै NANT का President सुदिप श्रेष्ठ ले हरेक बर्ष जस्तै यो बर्ष पनि हाम्रा कला र सस्कृति को जगेर्नामा NANT लागिरहेको र आगामी दिन मा पनि निरन्तरता दिने बताउदै कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सम्पूर्ण volunters , स्पोन्सेर्स तथा कम्युनिटी मेम्बरहरु प्रति अभार बेक्त गर्नु भएको थियो । त्यस्तै कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्दै नब निर्बाचित NRNA-NT का संयाेजक तथा NRNA-AUSTRALIA का उपाध्यक्ष हरि राम रिजालले तीज पर्बको महत्वमाथि प्रकाश पार्दै सम्पूर्ण नेपाली समुदाय लाई तीजको शुभकामना ब्यक्त गर्नु भएको थियो । दर्शकहरू ले खचाखच भरीएको उक्त कार्यक्रमका प्रमुख आकर्षण नेपाल कै बहुचर्चित गायिका अर्थात् Teej Queen सुनिता दुलालले बिभिन्न चर्चित गीत गाएर कार्यक्रममा उपस्थित दिदी बैनीहरु लाई छमछमी नचाउनु भएको थियो  । साथै सोही अबसरमा बिभिन्न स्थानिय कलाकारहरु का दमदार प्रस्तुति हरु प्रस्तुत गरेका थिए  । करीब ५ घण्टा सम्म चलेको उक्त कार्यक्रममा डार्विनबाट बसाई सर्न लाग्नु भयका NANT का भुतपूर्ब सदस्य भिष्म गौतमलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमका संयाेजक NANT सचिब अन्जाना पन्त ले स्वागत मन्तब्य ब्यक्त गर्दै कार्यक्रमको बारेमा जानकारी दिनु भएको थियो भने संचालन श्रद्धा बराल राय र एरेन्का ढकालले समुक्त रुपमा गरेका थिए  ।