चुनावी मैदानमा राजपा

काठमाडौं– राष्ट्रिय जनता पार्टीले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने निर्णय गरेको छ । पार्टीले उठान गर्दै आएको प्रमुख माग संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसद्बाट प्राविधिक रुपमा असफल भए पनि आफ्ना अधिकार र पहिचान स्थापित भएको हुँदा आगामी दिनमा हुने सबै निर्वाचनमा भाग लिने निर्णय गरेको उक्त पार्टीले जनाएको छ ।
पार्टीद्वारा दुईदिने केन्द्रीय पदाधिकारी तथा अध्यक्ष मण्डलका बैठकका निर्णयबारे जानकारी दिन काठमाडौंमा आयोजित पत्रकारसम्मेलनमा संविधान संशोधनको पक्षमा बन्दै गएको वातावरणलाई आफ्नो पक्षमा पार्न नसक्नु सरकारको कमजोरी भएको ठहर गरिएको राजपाले जानकारी दिएको छ ।
बैठकले तेस्रो चरणको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारी चयन गर्न निर्वाचन हुने आठवटै जिल्लामा केन्द्रीय पर्यवेक्षक पठाउने निर्णयसमेत गरेको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले बताए ।
आगामी २ असोजमा प्रदेश– २ मा स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुँदैछ । संविधान संशोधनको माग पूरा नभएको भन्दै राजपाले स्थानीय तहको यसअघि सम्पन्न दुई चरणको निर्वाचन बहिष्कार गरेको थियो ।
बैठकले बाढीपीडितलाई राहत, पुनःस्थापना तथा क्षतिको पुनः निर्माण गर्न बाढी प्रभावित पुनः निर्माण प्राधिकरण गठन गर्न मागसमेत गरेको छ ।
उक्त दलले संविधान संशोधन विफल पारिएको विरोधमा यही भदौ ९ गतेदेखि २१ गतेसम्म हातमा कालोपट्टी बाँधी विरोध प्रदर्शन गर्ने समेत निर्णय गरेको छ ।
सञ्चारकर्मीको एक जिज्ञासामा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले निर्वाचनमा छाता चुनाव चिह्न नपाएमा साइकल चिह्न लिने बताएका थिए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...