अमेरिका निवासी गीतकार गुरुङको शब्दमा झल्कियो मातृत्वप्रेम

काठमाडौं– समाजसेवीको समेत छवि बनाइसकेकी गीतकार अम्बिका गुरुङ गीत रचनामा समेत लोकप्रिय नाम हो । लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी गीतकार गुरुङ यतिबेला नेपाली गीत–संगीत सिर्जनामा सक्रियतापूवर्क सहभागि भैरहेकी छिन् । आफ्नै गीति एल्बम भावसागरको शीर्षकबाट भावसागर ईन्टरटेन्मेन्ट एलएलसी स्थापना गरेर संस्थागत रुपमै नेपाली गीत–संगीतको प्रवद्र्धनमा सक्रिय गीतकार गुरुङद्वारा रचित एउटा नयाँ गीत ‘हाँस भने…’ को म्युजिक भिडियो आइतबार सार्वजनिक भएको छ ।

गायिका जुना प्रसाईंको स्वरको उक्त गीतमा संगीतकार प्रकाश लेप्चाको संगीत तथा संगीत संयोजन छ । गीतकार गुरुङका एकल शब्दहरुको एल्बम ‘भावसागर’ मा समावेश उक्त गीतको म्युजिक भिडियोलाई भावसागर इन्टरटेन्मेन्ट एलएलसीले आफ्नो आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरेको छ ।
आमा र छोराबीचका ममतामयी प्रेममा आधारित उक्त म्युजिक भिडियोको निर्देशन अर्जुन अधिकारीले गरेका हुन् । भिडियोमा अभिनेत्री अनु शाहले आमाको भूमिका निर्वाह गरेकी छिन् । बाल कलाकार कुशाग्र भट्टराई तथा कलाकार भरतले उनका छोराको भूमिका निर्वाह गरेका छन् । हरि हुमागाईँद्वारा छायांकन गरिएको उक्त भिडियोका सम्पादक निशान घिमिरे हुन् । गीतकार गुरुङले आफू र आफ्नो छोराका बाल्यकालको स्मरणमा यो गीत रचना गरेको उल्लेख गरेकी छिन् ।
यस्तो छ हाँस भने गीतको म्युजिक भिडियो
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...