‘नया’को दोश्रो अधिबेशन सम्पन्न : अध्यक्षमा प्रकाश खरेल 

-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : सोमवार, भदौ १२, २०७४
छोटो समय मै सिड्नी किन्द्रित भई बिबिध युबा गतिबिधिमा सक्रिय नेपाली अस्ट्रेलियन युथ एसोसियसन (नया) को अधिबेशन हालै सिड्नीमा सम्पन्न भइ गत २५ अगस्तका साँझ घोषणा सभा एबम नेतृत्व हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । प्रमूख अतिथि नेपाली दूताबास क्यानबेराका तर्फबाट राजेन्द्र पाण्डे, संरक्षक महेन्द्र लम्साल र निबर्तमान अध्यक्ष कोमल पाठक द्वारा पानसमा बत्ति बालेर संयुक्त रुपमा उद्घटन गरिएको थियो।
युवाहरु बीच प्रिय र यस अगाडीको कार्यकालमा सफलता पुर्बक एनआरएनए एनएसडब्लुको सह-संयोजकको भूमिका निभाई सकेका र संस्थाको  बर्तमान महासचिब प्रकाश खरेल आगामी कार्यकालको लागि ‘नया’को अध्यक्ष चुनिएका छन् । कायर्क्रममा एनआरएनए लगाएत सिड्नीका लगभग सबै संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । नयाले बिगत चार बर्षमा गरेका बिबिध परोपकारी, युवा केन्द्रित खेलकुद र बालकेन्द्रित बिबिध कार्यक्रमलाई वृत चित्रको रुपमा गरिएको थियो।
कार्यक्रममा संस्थाको बृहतर हितका लागि योगदान दिने र युवा परिचालन र खेलकुदमा बिशेष योगदान दिने बिबिध व्यक्तिहरुलाई सम्मान गरेको थियो। बिबिध संस्कृतिक प्रहसन र प्रस्तुति सहित सम्पन्न उक्त कार्यक्रममा २ वटा कार्यकाल सफलताका साथ सम्पन्न गरिसकेका निबर्तमान अध्यक्ष कोमल राज पाठकले संस्था स्थापना देखि बिबिध खेलकुद, संस्कृति जगेर्ना र परोपकारी कार्यमा सक्रिय रहदै गर्दाका अनुभबहरु सबै संग बाँडेका थिए भने आफ्नो  यो २ बर्षे कार्यकालमा आफुलाई निस्वार्थ सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए।
प्रकाश खरेलको अध्यक्षतामा सर्बसम्मत रुपमा गठित आउदो कार्यकालको कार्य समितिको उपाध्यक्षमा सुमन बोहरा, निजन चौलागाईं, पूजा चन्द चयन भएका छन् । यस्तै महासचिवमा प्रकाश अर्याल, सचिवमा दिपेन्द्र भण्डारी, सहसचिवमा कुन्जा बस्नेत राणा र कोषाध्यक्षमा प्रमिता शर्मा र सहकोषाध्यक्षमा अनीर उप्रेती चुनिएकी छन् । संस्थाको ईभेन्ट को-अर्डिनेटर अनुप राज न्यौपाने छन् भने पब्लीक  रिलेसन अफिसर लोचन धिताल, प्रवक्तामा हिरा कँडेल छन् ।  यसरि नै सांस्कृतिक संयोजक अनुजा शर्मा, सहसंयोजक मिरा ढकाल, खेल संयोजक द्वारिका दवाडी छन् र आईटी किरण अधिकारीले हेर्नेछन् । यसैगरी कार्यकारी सदस्यहरुमा विजय पौडेल, विष्णु काफ्ले, खगेन्द्र सत्याल, ओजु जोशी, प्रेम निरौला  नारायणप्रसाद पाण्डे, अर्जुन गौतम, सागर काफ्ले,र विश्वास अधिकारीलाई चयन गरेको छ । ‘नया’का संरक्षक महेन्द्र कुमार लम्सालले कार्यसमितिका सबै नवनिर्वाचित  पदाधिकारीहरु लाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए |
कार्यभार हस्तान्तरण समारोह पश्चात नबनिर्बाचित अध्यक्ष प्रकाश खरेलले छोटो समयमा युवाहरु माझ छुट्टै किसिमको चिनारी बनाएको यस संस्थाको चुनौतीपूर्ण जिम्मेवारी लिन पाउँदा आफुलाई निकै हर्ष लागेको र गर्बको अनुभूति भएको बताए । संस्था यहाँ सम्म आउदा निबर्तमान अध्यक्ष लगाएतका पदाधिकारीहरु को संस्था प्रतिको  योगदानको प्रशंसा गर्दै खरेलले नया संग एक वा अनेक किसिमसंग जोडिएका सबैको अभिभाबक्त्व प्रति आभार प्रकट गरे।  सबैको बिश्वास र युवाहरुको ढुकढुकी बनेको यस संस्थालाई अझै उचाइमा पुराउन आफुले आफ्नो कार्यकालमा आफु सबैको सल्लाहा र सुझाब अनुसार अगाडी बढ्ने पनि खरेलले  बचन बद्दता व्यक्त गरे ।  त्यसै गरि युवाहरु को समस्या आफुहरु जस्ता युवाहरु लाई नै सबै भन्दा बढी थाहा हुने भन्दै अध्यक्ष खरेलले भोलिका दिनमा अध्यान सकी सकेका र अवसरको खोजिमा रहेका युवाहरु लाई युवा उद्धमशिलाता बिकाशका बिबिध कार्यक्रमहरु राखिने बताए । यसका लागि नेपाली दुताबास, कनुसुलेट अफिस र एनआरएनए लगाएतका संघ संस्थाहरु संग सहकार्य गर्दै परिणाममुखी कार्यक्रमहरु मा जोड दिए ।
त्यसै गरि बिगतमा नयाले गर्दै आइरहेका युवा लक्षित बिबिध खेलकुद प्रतियोगिताहरु, परोपकारी कार्यहरु र दोश्रो पुस्तालाई नेपाली संस्कृतिसंग आबद्द गराउदै बिबिध प्रतिभाहरुको  प्रोत्साहन जस्ता कुराहरु लाई पनि अबको कार्यकालमा पनि निरन्तरता दिने उनले बताए । कार्यक्रममा प्रमुख अथिति लगाएत अन्य अथितिहरु ले नब-निर्बाचित कार्यसमितिको सफलताको कामना गर्दै शुभकामना दिएका थिए।