यस पटकको चङ्गा महोत्सब सेप्टेम्बर १६ मा 

-- द नेपाली टाईम्स अस्ट्रेलिया ?>
खुल्ला आकाशमा बेफिक्री उडेका चङ्गाहरुले हामी सबैलाई हाम्रो बालपनमा पुराउंछ । इन्द्र जात्राको सुरु संगै र दशैं तिहार भर नै  नेपालको खुल्लाआकाशमा देखिने चङ्गाले हामी सबैलाई हाम्रो मन मस्तिष्क पर्बमय बनाउँछ। अस्ट्रेलियामा भने चाड पर्बको ति सम्झानाहरु लाई ताजा बनाउदै गुठि अस्ट्रेलियाले बिगत ३ बर्ष देखि चङ्गा महोत्सबको आयोजना गर्दै आइरहेको छ ।
यस पटकको चङ्गा महोत्सब आउदो सेप्टेम्बर १६ का दिन सिड्नीको रकडेल स्थित बाइसेन्टिनियल पार्कमा हुन गैरहेको गुठि अस्ट्रेलियाका अध्यक्ष दिप्त श्रष्ठले जानकारी दिए । प्रवेश शुल्क नि:शुल्क रहेको सो चङ्गा महोत्सबमा चङ्गा उडाउनेका अलवा लाखे नाच, हात्ती नाच, रथ यात्रा लगायत नेवारी संस्कृति झल्कने बिबिध प्रस्तुतिहरु पनि रहेको जनाईएको छ ।  त्यसै गरि बालबालिकाहरुको लागि जम्पिङ क्यासल, फेस पेण्टिङ्ग लगाएतका मनोरञ्जनात्मक कार्यक्रम र बिबिध खाध्य परिकारका स्टलहरु समेत कार्यक्रम स्थलमा रहने आयोजकले जनाएको छ । बहु-संस्कृतिक हामी नेपालीहरुको परिचय सजिब बनाइराख्ने यस्ता किसिमका महोत्सबहरु मा सहभागी भई दिनु हुन पनि गुठि अस्ट्रेलियाले सबै नेपाली दाजु भाई दिदि बहिनि हरुलाई हार्दिक अनुरोध गरेको छ।