चलचित्र ‘२ रुपैयाँ’ सिड्नीमा प्रदर्शन हुँदै

कुटुमा कुटु गीतबाट सर्वत्र चासो बनाइसकेको यो गीतले युट्युबमा १ करोड ७० लाखभन्दा बढी भ्युज पाएको छ ।
-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, भदौ १५, २०७४

‘कुटुमा कुटु सुपारी दाना …….’ गीतको लोकप्रियतासंगै नयाँ नेपाली फिल्म ‘२ रुपैयाँ’ स्वदेशमा मात्र होइन, विदेशमा समेत प्रतिक्षाको विषय बनेको छ । नेपालमा सेप्टेम्बर ८ का दिन रिलिज हुने यो फिल्म अष्ट्रेलियाका विभिन्न शहरमा समेत प्रदर्शन हुँदैछ । अष्ट्रेलियाको सिड्नीमा यो फिल्म सेप्टेम्बर ८ का दिन जर्ज स्ट्रिटको टाउन हलस्थित इभेन्ट सिनेमाजमा रिलिज हुँदैछ भने सेप्टेम्बर ९ का दिन बर्उडको वेस्टफिल्डस्थित इभेन्ट सिनेमाजमा तथा सेप्टेम्बर १० का दिन हर्स्भिल रुफटपको वेस्टफिल्डस्थित इभेन्ट सिनेमाजमा प्रदर्शन हुँदैछ ।
विशेष गरी अष्ट्रेलियामा अघिकांश नेपाली चलचित्रहरु प्रदर्शन र बिविन्न स्तरीय कार्यक्रम गराएर चर्चा कमाई रहेको RKS Australia ले नै यो चलचित्रलाई सिड्नीमा प्रदर्शन गर्ने जिम्मा लिएको हो। अष्ट्रेलियामा रहेका नेपाली दर्शकहरुको नेपाली चलचित्र प्रतिको माया र सम्मानलाई मघ्यनजर गर्दै र नेपाली चलचित्र र विदेशिएका दर्शकबीचको सम्बन्धलाई प्रगाढ बनाउने हेतुले यो चलचित्रलाई आफुहरुले भित्राएको बताउँछन RKS Australia का निर्देशक रविन्द्र कुमार शर्मा ।

फिल्म प्रदर्शन हुनुअघि नै यसमा समेटिएका केही संवादहरु दर्शकले मन पराएका छन् । ‘यसलाई सेल्फ–पि भन्छ मोरा’, ‘खुर्रर जाएगा, खुर्रर आएगा’, ‘थरि–थरिका दाह्री’, ‘त्यो दाह्रीवाला चैँ खै’, ‘आइ लभ स्याम्पु’ आदि संवादहरूले अहिले सामाजिक सञ्जानलमा राम्रै चर्चा पाइरहेका छन् ।

यस्तो छ ‘२ रुपैयाँ’ को रामकहानी
दर्शकमाझ कौतूहलताको विषय बनिरहेको ‘२ रुपैयाँ’ को निर्देशन असिम शाहले गरेका हुन् । यो फिल्ममा निश्चल बस्नेत, आसिफ शाह, मेनुका प्रधान, बुद्धि तामाङ आदि कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् । फिल्म प्रदर्शन हुनुअघि नै यसमा समेटिएका केही संवादहरु दर्शकले मन पराएका छन् । ‘यसलाई सेल्फ–पि भन्छ मोरा’, ‘खुर्रर जाएगा, खुर्रर आएगा’, ‘थरि–थरिका दाह्री’, ‘त्यो दाह्रीवाला चैँ खै’, ‘आइ लभ स्याम्पु’ आदि संवादहरूले अहिले सामाजिक सञ्जानलमा राम्रै चर्चा पाइरहेका छन् ।
यस अघि नै कुटुमा कुटु गीतबाट सर्वत्र चासो बनाइसकेको यो गीतले युट्युबमा १ करोड ७० लाखभन्दा बढी भ्युज पाएको छ । फिल्मको ट्रेरलरले पनि उत्तिकै चर्चा पाएको छ । त्यसकारण २ रुपैयाँ कस्तो बनेको होला त भन्ने उत्सुकता एकातिर छ भने अर्कोतिर प्रेम कथामा आधारित थुप्रै फिल्महरु प्रदर्शन भैरहेको बेला दर्शकलाई छुट्टै स्वाद पस्किएर हाँसो र रमाइलोको वातावरण सिर्जना गरी दसैंलाई स्वागत गर्ने तयारीमा जुटेको छ फिल्म २ रुपैयाँको टिम । करिव चार वर्षअघि नै ‘कर्कश’ फिल्म प्रदर्शन लगत्तै उक्त फिल्मका निर्देशक तथा २ रुपैयाँका कथाकार तथा कलाकार आशिफ शाहले २ रुपैयाँको खाका तयार गरिसकेका थिए । नेपालको तराइ भूभागमा कम रकमको नोटको पृथक नम्बरलाई प्रयोग गरी कारोबार गरिने कुरा शाहले सानै उमेरदेखि नै सुन्दै आएका थिए । त्यही तरिकालाई कथामा गाँसेर एउटा हास्यप्रधान चलचित्र बनाउँदा कस्तो होला भनेर उनले आफ्ना भाइ तथा फिल्मका निर्देशक असिम शाहसंग सल्लाह गरे । असिम शाहले त्यस्तो कथामा रोमान्च र द्वन्द्व उत्कृष्ट रूपले देखाउन सकिने कुरामा विश्वालस राखे पछि २ रुपैयाँको लेखन कार्य प्रारम्भ भएको थियो । फिल्मका युवा निर्देशक आशिफ शाह भन्छन्–‘कर्कश प्रदर्शनपछि केही समयलाई छुट्टी लिन्छु भनेर लिएको समयमा नै मेरो दिमागमा २ रुपैयााको कथा आएको हो । भाइसंग सल्लाह गरेँ । उसले पनि सहमति जनाए पछि हामीले निर्देशन भाइले गर्ने र मैले निर्माण सम्हाल्ने कुरा ठहर गर्‍यौं ।’

फिल्मको केन्द्रीय कथासार आशिफ शाहले निर्देशक तथा कलाकार निश्चल बस्नेतसंग भेटेर सुनाए पछि उनलाई नै फिल्मको निर्माणमा संलग्न हुने आग्रह गरे । बस्नेतको निर्माण कम्पनि ब्ल्याक हर्स र शाहको निर्माण कम्पनि जि टु वान पिक्चर्सले मिलेर नै २ रुपैयाँको निर्माण गर्ने घोषणा गर्‍र्यो । घोषणा लगत्तै नै फिल्मकर्मीहरू माझ यो फिल्मको चर्चा चल्न प्रारम्भ भैसकेको थियो ।

निश्चल बस्नेत भन्छन्– ‘आशिफ दाइले कथा सुनाउने बित्तिकै मैले आफूलाई जुरेलीको पात्रमा देखेँ । यदि मैले अभिनय गर्ने हो र प्रमुख पात्र नै बनेर अभिनय गर्ने हो भने म यस्तो खालको पात्र खेल्छु भन्ने सोच मेरो पहिल्यै नै थियो । दाइले त्यो पात्रका बारेमा सुनाउने बित्तिकै नै म अभिनय र निर्माण दुबैका लागि हौसिएँ ।’

कथाकार आशिफ शाहले फिल्मको लेखनको सिलसिलामा नै सह–लेखकहरूमध्ये एकको भूमिका निर्वाह गर्न निर्देशक असिम शाहलाई अनुरोध गरे । चलचित्रको लेखन कार्यदेखि नै यसरी संलग्न भए पछि निर्देशक असिम शाहले पात्र, चरित्र, कथाको मोड र कथाको गतिलाई पूर्ण आत्मसात गरे ।

निर्देशक असिम शाह भन्छन्—‘यो फिल्ममा निर्देशकको मात्र भूमिका भइदिएको भए सायद मैले एक्सन र कट् बाहेक अरू केही गर्नु पर्दैनथ्यो होला, तर जुन समयदेखि २ रुपैयाँको जरा गाडिएको थियो, म त्यही बेलादेखि नै यसमा मलजल गर्दैछु । त्यसैले यसमा मेरो मिहिनेत र लगनमात्र जोडिएको छैन, मेरो भावना पनि जोडिएको छ ।’

कलाकार बुद्धि तामाङ र विशेष भूमिकामा देखिएकी अभिनेत्री स्वस्तिमा खड्का यो फिल्मसंग आबद्ध हुनुको पनि आफ्नै प्रसङ्ग छ । फिल्ममा असईको भूमिका कसले निर्वाह गर्ने रु भनेर २ रुपैयाँको टोलीले खोजी गरिरहेकै थियो । कलाकार बुद्धि तामाङलाई कथा सुनाइएपछि उनी असईको भूमिकामा आफू ठीक हुन्छु होला त भन्ने कुरामा शंका गरिरहेका थिए । बुद्धि तामाङ भन्छन्—‘आशिफजीले कथा सुनाउन्जेल पनि म आफू कुन चैँ भूमिकामा ठीक हुन्छु होला त भन्ने कुरा सोच्दै थिएँ । कथा भन्दै जानु भो, म सुन्दै गएँ । आफू कुन पात्रमा हुन्छु भन्ने सोचै आएको थिएन, अनि कथाको क्लाइमेक्स पनि सुनाउनु भयो, साह्रै मजा लाग्यो अनि आफैं प्रश्न गरें– ‘के मैले असईको भूमिका गर्ने हो रु’

कुटुमा कुटु गीतका लागि कुन अभिनेत्री अभिनेत्री ठीक होलिन् त रु भन्ने कुरामा पनि फिल्म यूनिटले छलफल गर्‍यो । छलफलको क्रममै कलाकार आशिफ शाहले निश्चल बस्नेतलाई आग्रह गरे, ‘घरमै मान्छे हुँदा–हुँदै हामी किन बाहिर खोज्दै छौं रु स्वस्तिमा भए भए हुन्न र रु’ निश्चल बस्नेतलाई यो प्रस्ताव ठीक हो जस्तो लाग्यो र स्वस्तिमा खड्कासंग कुरा गरियो । निश्चल बस्नेत र स्वस्तिमा खड्काको जोडीको नृत्यले पनि उक्त गीत लोकप्रिय हुन सहयोग पुगेको बिर्सन नहुने निर्देशक असिम शाहको तर्क छ ।

निर्देशक शाह भन्छन्–‘२ रुपैयाँ कस्तो छ भन्ने प्रश्नको उत्तर सजिलो छ । हामीले यो फिल्म मनैदेखि बनाएका हौं । यो फिल्ममा साना भूमिका निर्वाह गर्ने कलाकारहरूले पनि धेरै नै मिहिनेत गरेका छन् । समग्रमा यो फिल्म मनोरञ्जक बनेको छ ।’