अष्ट्रेलियामा बेपत्ता भएको भन्दै परिवारद्धारा खोजी गरिदिन क्यानबेरास्थित दुतावासलाई आग्रह

-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
करिब १८ बर्षअघि उच्च शिक्षाका लागि अष्ट्रेलिया आएका प्रभाकर कुमार मंडल करिब १० बर्षदेखि परिवारको सम्पर्कमा नआएको भन्दै परिवारले दुतावासलाई खोजी गरिदिन आग्रह गरेको छ । सिरहा जिल्ला मखनाहा गाविस ५ मा ठेगाना भएका बिद्यार्थी मंडल करिब ७ बर्षदेखि सम्पर्कमा नआई बेपत्ता भएको भन्दै परिवारले अष्ट्रेलियास्थित नेपाली दुतावासलाई खोजीका लागि सहयोग गरिदिन आग्रह गरेको हो ।
परिवारद्धारा दुतावासलाई पठाइएको पत्रमा उनी होटल म्यानेजमेन्टमा ब्याचलर डिग्रीको अध्ययन गर्न भारतको नया“दिल्ली हुदै अष्ट्रेलिया आएको उल्लेख गरिएको छ । पत्रमा उल्लेख भए अनुसार सन २००६ सम्म मंडलको फोनमा फोन लागेको भएपनि त्यसको एक बर्षपछि २००७ देखि अहिलेसम्म परिवारको सम्पर्कमा नआएको जनाइएको छ ।
क्यानबेरामा रहेको दुतावासका उपनियोग प्रमुख राजेन्द्र पाण्डेले मंडलको खोजीका पश्चिम अष्ट्रेलिया र क्युन्सल्याण्ड प्रहरीलाई अनुरोध गरिसकिएको जानकारी दिएका छन् । यसैगरि अष्ट्रेलियास्थित बिदेश बिभागको कन्सुलर शाखामा समेत यसबारेमा जानकारी गराइएको बताए ।