डा बाबुराम भट्टराई अस्ट्रेलिया आउदै

-- द नेपाली टाईम्स अस्ट्रेलिया ?>
नेपालका भुतपुर्ब प्रधानमन्त्री एबम नयाँ शक्ति पार्टी नेपालका कन्द्रिय संयोजक डा बाबुराम भट्टराईको अस्ट्रेलिया भ्रमणका क्रममा अन्तराष्ट्रिय नेपाली समाज अस्ट्रेलियाले एक अन्तरक्रिया कार्यक्रम गर्दैछ। अस्ट्रेलिया बसाईको क्रममा डा भट्टराई युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीको एक कार्यक्रममा सहभागी हुने, यहाको नेपाली समुदाय संग अन्तरक्रिया गर्ने, अस्ट्रेलियन राजनीतिक पार्टीका नेताहरु संग भेटघाट गर्नेका साथै प्रोफेसर एन्थोनी जवी हेल्थ राइट एण्ड डेभेलप्मेन्ट (HEARDatUNSW) अथिति बक्ताको रुपमा सहभागी हुने कार्यक्रम रहेको पनि अन्तराष्ट्रिय नेपाली समाज अस्ट्रेलियाले जनाएको छ।
अन्तराष्ट्रिय नेपाली समाज अस्ट्रेलियाको तर्फ बाट सुबन चौलागाईले  द नेपाली टाईम्स अस्ट्रेलियालाई जानकारी गराए अनुसार अन्तरक्रिया कार्यक्रम २३ सेप्टेम्बर साँझ ६ बजे बाट रक्डेल स्थित एभरेष्ट फंकसन सेन्टरमा हुदैछ ।  नेपालको वर्तमान राजनीतक परिस्थिति र यस बिच फरक धारले स्थापित नयाँ शक्ति पार्टी नेपालको धारणा नजिक बाट सुन्न र बुझ्ने यो अबसरको सदुपयोग गर्दै सहभागी हुनका लागि अन्तराष्ट्रिय नेपाली समाज अस्ट्रेलियाले सबै नेपाली दाजु-भाई दिदि-बहिनिहरु लाई हार्दिक अनुरोध गरेको छ ।  कार्यक्रम सम्बन्धि थप जानकारीका लागि सुबन – 0434 120 362, शिब – 0414 479 155, तिर्थ- 0423 612 423 लाई सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।