कांग्रेस महाधिवेसनले देखाएको आगामी चुनौतिहरु
नेपालको राजनीतिक इतिहासमा कांग्रेस सबै भन्दा पुरानो पार्टी हो । वि.स. २००३ सालमा स्थापना भएको कांग्रेसले नेपालमा भएका सबै परिवर्तनकारी आन्दोलनहरुको नेतृत्व गरेको छ । राणा शासन हटाउन होस् वा पञ्चायती व्यवस्था हटाउन, त्यस्तै २०६३ को दोस्रो जनआन्दोलन होस वा संविधान निर्माणको अभिभारा, सबैको नेतृत्व नेपाली कांग्रेसले नै गरेको इतिहास छ । त्यसैले पनि काँग्रेसको लोकतान्त्रिक छवि अन्तर्राष्ट्रिय रुपमा पनि चिरपरिचित छ । तत्कालिन समयमा स्थापना भएर अगाडि बढ्दै गर्दा यस पार्टीमा युवाहरुकै बर्चस्व थियो । तर समयको गति सँगै अहिले यो पार्टी बुढा पुरानाहरुको बाहुल्यता रहेको आरोप लाग्न थालेको छ । यसको मतलव यो होइन कि यसमा युवाहरु नै नभएका हुन् । स्वाभाविक हो यसमा कुनै बुढापुरानाको दोष होइन यो त सबैमा हुने एउटा अहंमको परिणाम हो । यदि यसको विधान मै एउटा निश्चित सीमा तोकेर कार्यावधी तोकिएको भएमा समय सापेक्ष नेतृत्व आउने कुरामा कुनै दुई मत थिएन । यतिखेर १३ औ महाधिवेसन भैरहँदा पनि स्थानीय तहदेखि केन्द्रिय तहसम्म युवाहरु बाहुल्यता छ तर नेतृत्वमा युवा वर्ग कम छन् ।
नेपाली कांग्रेसको स्थापनादेखि कोइराला परिवारको विशेष भूमिका अवस्य नै छ यो पार्टीमा । यसो भन्दैमा कोइरालाप्रति नै झुकाव भएको होइन र पूर्वाग्रही हुनु पनि राम्रो होइन । विपीले पार्टी स्थापना गर्दा आफू अध्यक्ष नवसेर टंक प्रसाद आचार्यलाई अध्यक्ष बनाएका थिए भने २०३६ सालमा कृष्ण प्रसाद भट्टराईलाई कार्यबहाक दिएका थिए । चुनावी प्रकृयामा कसैले जित्छ भने त्यो पार्टी त्यही व्यक्ति विशेषको होइन । यदि कसैले पार्टीलाई व्यक्ति विशेषसंग जोडेर हेर्छ भने त्यो कार्यकर्ताप्रतिको घोर अपमान हो । त्यसमा पनि राजनीतिमा परिवारहरु सक्रिय हुनुलाई नराम्रो भन्न पनि त मिल्दैन । आखिर दक्षिण एसियामा भारतमा गान्धिहरु, श्रीलंकामा, वंगलादेशमा त्यतिमात्रै होईन अमेरिका जस्तो देशमा बुसको दुई सन्तान राष्ट्रपति भैसके भने यतिखेर नाती जेव बुस राष्ट्रपतीय चुनावमा प्रतिस्पर्धामा छन् । विल क्लिन्टनकी श्रीमती यतिखेर डेमोक्रयाटबाट राष्ट्रपतिको प्रत्यासी बन्दैछिन् । यसबाट के देखिन्छ भने राजनीतिमा पनि आफ्नो परिवारबाट प्रेरित भएर राजनीतिमा योगदान दिएको छ भने त्यसलाई परिवारको विरासतको रुपमा लिनु अन्याय पनि हुन्छ । विश्वमा नै परिवारका रुपमा राजनीति झाँगिएको पाईन्छ । मात्रै आफ्नो परिवारले राजनीति गरेको नाममा उनको परिवारले अनावश्यक फाईदा लिनु अपराध नै हो ।
वि.सं. २००३ देखि २०७२ सालसम्म आउँदा नेपाली कांग्रेसले १३ औं महाधिवेसन सम्पन्न भएको छ । मुलुकको एकमात्र लोकतान्त्रिक पार्टी भएकोले पनि विश्व जगतको आशा र भरोसा पनि त्यहि पार्टी प्रति रहेको छ । ठूलो पार्टी हो, पूरानो पार्टी हो जसले गर्दा यसमा नेतृत्वका आकाँक्षीहरु धेरै हुन्छन् । त्यसका कारण नेतृत्वमा हुने हरेकले सोच्नु पर्ने हुन्छ । संधैभरी आफ्नै महत्वकाँक्षा राख्नु हुँदैन । एउटै कार्यकाल चार वर्ष हुन्छ त्यस माथि समयमा अधिवेसन नहुने अर्को समस्या पनि छ । एउटा कार्यकाल आफ्नो नेतृत्वमा पार्टी चलाएपनि पुनः अर्को कार्यकालको लागि त्यसैमा टाँसिइरहने अहंम् कसैले पनि राख्नु हुँदैन । पार्टीमा भएका अरु व्यक्तिहरुलाई पनि अवसर दिनु पर्दछ तव मात्र पार्टी गतिशिल हुन्छ । यदि एउटै व्यक्ति पटक पटक नेतृत्वमा बसिरहने हो भने त्यो पार्टी र व्यक्ति दुबैका लागि घातक हुन्छ । त्यसैले विधान संसोधन गर्ने र त्यसलाई कार्यन्वयन गर्ने पार्टीको मुख्य जिम्वेवारी हो । बुढी मरी भन्दापनि काल पल्क्यो भन्ने चिन्ता हुन थालेको छ अहिले पार्टीमा । जो नेत्तृत्वमा हुन्छ उसले आफू अनुकुल विधान संसोधन गर्दै जाँदा पछि त्यही घाँडो बन्न जान्छ । त्यसैले पार्टीमा विचार भएका क्षमता भएका युवा पिडीलाई स्थान दिनु पर्दछ । राजनीति पेशा बनाउनेहरुले त्यसलाई विकृतिपूर्ण बनाई रहेको यो बेला राजनीति समाजसेवा भन्ने बनाउनु पर्दछन ।
वास्तवमा कांगेसको अवस्था यस्तो छ कि कसैले पनि कसैलाई अगाडि बढेको देख्न नसक्ने खालको ईगो देखिन्छ । आन्तरिक राजनीति गुटबन्दीले निकै कमजोर बनाउदै लगिएको छ । एउटा साथी अगाडि बढ्न खोज्यो त्यही पार्टीको अर्को लाग्छ कसरी त्यसलाई लडाउने, पछार्ने भन्ने खेलमा बढी समय खर्चेको देखिन्छ । यसरी पार्टीभित्रको आन्तरिक कलहले अहिले नेपाली कांग्रेस कमजोर बन्दै गएको छ । कांग्रेस भित्र बढ्दै गएको यो रोगलाई अबको नेतृत्वले जरैबाट फाल्न सक्नु पर्दछ । अहिले नेतृत्वमा भएको व्यक्तिले आफ्नो व्यक्तिगत स्वार्थलाई भन्दा कसरी पार्टीलाई सदावहार जनताको पार्टी बनाउने भन्नेतिर खोज्नु पर्दछ । नेपाली काँग्रेस नै जनताको पार्टी हो भन्ने जनतामा पार्न सक्नु पर्दछ । वास्तवमै नेपाली कांग्रेस ठूलो पार्टी हो । यदि पार्टी भित्र घात प्रतिघात हुन्थेन भने यसले देशमा भएका अरु पार्टीलाई विस्थापित गरि सक्थ्यो अफसोस त्यो हुन सकेन । यो सबै पार्टीभित्र भएको चम्चागिरीकै परिणाम हो । दुई चार जना यस्ता पनि छन् कि, आफ्नो कुनै हैसियत छैन नेतृत्वको चम्चागिरी गरेरै पार्टीमा पकड जमाउन खोज्छन् । कहि नबिकेका र समाजमा बद्नाम भएकाहरु राजनीति गर्न आएको यो बेला त्यस्ता विकृतिलाई रोकेर काँग्रेसले युवा त्यसमा पनि पढेलेखेकाहरुलाई आकर्षण गर्न सक्नु पर्दछ । समाजसेवागर्न आउने व्यक्ति स्वार्थ भन्दा माथि उठेर अग्रसर हुनु पर्दछ ।
नेपाली कांग्रेस पार्टीलाई साँच्चिकै जनस्तरको पार्टी बनाउनको लागि सबभन्दा पहिले पार्टीमा भएको गुठ उपगुठलाई हटाउनु पर्दछ । यसलाई सबैले व्यवहार मै नेपाली कांग्रेस एक पार्टी हो यसमा कुनै गुठ उपगुठ छैन भन्ने बनाउनु पर्दछ । पार्टीभित्र कसैले कसैको नाम लिएर राजनीति गर्न नपरोस् मात्र नेपाली कांग्रेसको नाम आओस् । पार्टी एक हुन्छ भनेर मात्र हुँदैन विधान नै संशोधन गरेर पार्टीको कुनैपनि तहको निर्वाचनमा कसैले पनि प्यानल खडा गर्न पाउनु हुँदैन । प्रजातान्त्रिक प्रकृया हो व्यक्ति व्यक्ति लडुन् तर प्यानल कसैले पनि खडा गर्न नपाउन् । त्यसो हुने हो भने पार्टी बल्ल एक हुन्छ । कांग्रेसका जुनसुकै कमिटीमा पनि प्यानल खडा नहोस् मात्र नेपाली कांग्रेस बनोस् । गाउँ, नगर, जिल्ला, क्षेत्र, केन्द्र लगायत जनसम्पर्क, भातृ संगठनहरुमा समेत प्यानलगत चुनाव हुँदा काँग्रेस कहिल्यै एक हुन सकेन भन्ने गलत सन्देश गएको छ । त्यसैले अबको नेतृत्वले कुनैपनि कमिटीमा प्यानलको घोषणा गर्न नपाउने नियम विधान संसोधन गरेर भएपनि बनाउनु पर्दछ र त्यसलाई कडाइका साथ लागु गर्नु पर्छ । एउटा यो कारणले कांग्रेस व्यवहारमै एक हुन्छ भने अर्को पार्टीको नेतृत्व र सरकारको नेतृत्व फरक फरक व्यक्तिले गर्नु पर्दछ । पार्टीलाई कसरी गतिशिल र जनस्तरको पार्टी बनाउने भन्ने कुरा पार्टी नेतृत्वले गर्नु पर्दछ भने पार्टीको विश्वासनीयता कसरी जनतामा स्थापित गराउने भन्ने कुरा सरकारको नेतृत्व गरेकाले बुझ्नु पर्दछ । त्यसो भयो भने सरकारले राम्रो काम गर्दछ र पार्टीप्रति जनताको विश्वास बढ्दै जान्छ । त्यस्तो अवस्थामा पार्टी नेतृत्वले जनतालाई पार्टीमा समाहित गर्दै पार्टी विस्तार गर्दै लैजाने काम गर्नु पर्दछ ।
यसरी नेतृत्वमा हुने व्यक्तिमा लोभ नवसोस्, पार्टीका सम्पूर्ण कार्यकर्ता समान हुन् कोहीलाई काखा कोहीलाई पाखाको स्थितिको सृजना नहोस्, सबैलाई आफ्नो हैसियत अनुसारको जिम्बेवारी दिँदै जाओस् । आम कार्यकर्तामा आफ्नोपनको महशुस होस् । नेतृत्वमा हुने व्याक्तिमा लोभ बढ्दै गयो भने त्यो कालान्तरसम्म पनि घाँडो बन्दै जान्छ । यदि नेतृत्वले आफ्नो स्वार्थलाई नहेरेर पार्टीलाई नियम र अनुशासनमा चलाउँछु भनेर लाग्ने हो भने पुस्तौं पुस्ताले सम्मानजनक रुपमा सम्झिरहने छन् । यो सम्मानको लागि अबको नेतृत्व नचुकोस्, पार्टी आसेपासे र चम्चागिरीको स्वार्थ अनुसार नचलोस् योग्य र कर्मठ पुस्तामा हस्तान्तरण हुँदै अगाडि बढोस् ताकी एउटै व्यक्ति लिसो झैं नेतृत्वमा टाँसिइरहने प्रवृतिको अन्त्य होस् । नयाँ नेतृत्वलाई पार्टी साँच्चिकै नयाँ ढङ्गले अगाडि बढाउने प्रेरणा मिलोस् । सफल कार्यकालको हार्दिक शुभकामना !!!
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...