प्रदेशसभा र प्रतिनिधिसभा गठनसम्बन्धी विधेयक पास

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं- राज्य व्यवस्था समितिको आज सोमबारको को बैठकले प्रदेशसभा र प्रतिनिधिसभा गठनसम्बन्धी विधेयक पारित गरेको छ । नेपालको संविधान, २०७२ को धारा १७६ ले प्रदेशसभा र धारा ८४ ले प्रतिनिधिसभा गठनसम्बन्धी व्याख्या गरेको छ । भ्रष्टाचारीलाई चुनाव लड्न दिनुपर्ने संशोधन प्रस्ताव फिर्ता लिएपछि विधेयक पास भएको हो ।
यसअघि नेपाली कांग्रेसका १९ सांसदले भ्रष्टाचारसम्बन्धी अभियोग प्रमाणित भएको व्यक्तिले तीन वर्षपछि चुनाव लड्न चाहेमा उनीहरुको अधिकार सुनिश्चित हुनुपर्ने भन्दै राज्य व्यवस्था समितिमा संशोधन विधेयक दर्ता गरेका थिए ।
सरकारले प्रदेश र प्रतिनिधिसभाको चुनाव १० र २१ मंसिरमा गर्ने निर्णय गरिसकेको छ ।