यामीको चर्चा

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

रितिक रोशनद्वारा सुपर हिरोको भूमिका निर्वाह गरिएको फिल्म ‘कृष’ निर्माण भएको ११ वर्ष भयो । रितिकले ट्वीट गर्दै कृषको चौथो श्रृंखलाको तयारी भएको समेत अवगत गराएका छन् । यतिबेला रितिक उक्त चलचित्रको स्क्रिप्टमा काम गर्दैछन् । यसैबीच पछिल्लो फिल्म काबिलमा रितिकसंग अभिनय गरिसकेकी अभिनेत्री यामी गौतम कृषको यो नयाँ श्रृंखलामा प्रस्तुत हुने सम्भावना छ । यामीले समेत ट्वीट गर्दै कृषको प्रसंसा गरेकी छिन् । यामीले ट्वीटमार्फत रितिकमात्र नभइ राकेश रोशनको समेत प्रसंसा गरेपछि कृष–४ मा उनले राम्रै भूमिका पाउने अनुमान गरिएको हो ।