समाजसेवी गायक पूर्ण लिम्बुको प्रेरणादायी भिडियो

काठमाडौं– समाजसेवामा समेत सक्रिय रहेका गायक पूर्ण लिम्बु तथा गायिका अन्जु पन्तको स्वरको सुगम संगीतमा आधारित एउटा कारुणीक गीत ‘यी आँखाले’ को प्रेरणादायी म्युजिक भिडियो काठमाडौंमा सार्वजनिक भएको छ ।
चलचित्र निर्देशक मिलन चाम्सद्वारा निर्देशन गरिएको उक्त भिडियोमा अभिनेत्री प्रियंका कार्की तथा गायक लिम्बुसंगै अपाङ्गता भएका महिला तथा पुरुषहरुले अभिनय गरेका छन् । शारीरिक रुपमा असक्तहरुलाई समेटेर समाजसेवी समेत रहेका गायक लिम्बुले यो गीतको भिडियो तयार पार्ने योजना बनाएपछि निर्देशक चाम्सले यसलाई गीतको भावनामा ढालेका हुन् ।
काठमाडौंमा आयोजित विमोचन समारोहमा गायक लिम्बुले समाजमा अवसरको खोजिमा रहेका अपाङ्गता भएका व्यक्तिलाई सपाङ व्यक्तिले माया, ममता तथा अवसर दिनु पर्ने धारणा व्यक्त गरे । निर्देशक चाम्सले गायक लिम्बुको गायन प्रतिभा तथा समाजसेवी छविको प्रसंसा गरे । कलाकार तथा वरिष्ठ विमान चालक विजय लामाले पनि सार्वजनिक भिडियोले सम्पूर्ण नेपालीको भावना उजागर गरेको धारणा व्यक्त गरे । उक्त गीत गायक लिम्बुको एकल एल्बम ‘फरक मान्छे’ मा समावेश गरिएको छ ।
गायक लिम्बुका सांगीतिक गुरु प्रेम कृष्ण बजगाईंको शब्द तथा संगीतमा उक्त गीत तयार भएको हो । वरिष्ठ संगीतकार शिलाबहादुर मोक्ताले उक्त गीतमा संगीत संयोजन गर्नु भएको छ ।
नवराज कृष्ण थापाद्वारा छायांकन गरिएको उक्त भिडियोका सम्पादन पनि निर्देशक चाम्सले नै गरेका हुन् ।
यस्तो छ यी आँखाले गीतको म्युजिक भिडियो
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...