गोरखा समाज अष्ट्रेलियाले वृत्ति विकास गोष्ठी सञ्चालन गर्दै

-- द नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शनिबार, भदौ ३१, २०७४
अष्ट्रेलियाको नेपाली समाजमा बिबिध सामाजिक एबम परोपकारी कार्यका लागि परिचित गोरखा समाज अष्ट्रेलियाले यस पटक नयाँ विध्यार्थी तथा नव आगन्तुक नेपालीहरू लाई लक्षित गर्दै आउदो अक्टोवर १४ का दिन १ दिने वृत्ति विकास गोष्ठी (Personal Development Workshop) को आयोजना गर्दैछ । एसफिल्ड स्थित एसफिल्ड टाउनहलमा विहान १० बजे देखि साँझ ४ वजेसम्म सञ्चालन हुने उक्तगोष्ठीमा विभिन्न विधामा विज्ञता हासिल गर्नुभएका व्यक्तित्वहरू बाट सम्बन्धित क्षेत्रमा उपयोगी छलफल तथा प्रस्तुति प्रस्तुती रहने संस्थाको तर्फ बाट  प्रकाश वस्ताकोटीले द नेपाली टाईम्स अष्ट्रेलियालाई जानकारी दिनु भयो।
बस्ताकोटीका अनुसार विभिन्न ४ भागमा विभाजन गरी सञ्चालन हुने उक्त कार्यक्रमको सुरुमा नयाँ विध्यार्थी तथा नव आगन्तुक नेपालीहरूलाई अष्ट्रेलियन समाजमा कसरी सहज समायोजन गर्दै आफ्नो लक्ष्यमा पुग्न सकिन्छ भन्ने कुराको सुझाव तथा छलफल रहनेछ । त्यसपछि सम्बन्धित विज्ञहरुबाट स्तरिय रेजुमे बनाउने, काम खोज्ने र आफ्नो पेशा सँग सम्बन्धित श्रम बजारमा प्रवेश गर्न महत्वपूर्ण सुझावहरू प्रस्तुत गरिनेछ । त्यस्तै विध्यार्थीले दैनिक जीवनमा झेल्नुपर्ने विभिन्न समस्याका कानुनी प्रकृयाहरू के के हुन्, भिषा र अध्यागमन सम्बन्धी समस्याहरू हल गर्न के गर्नुपर्छ लगाएतका उपयोगी विषयमा छलफल हुनेछन् । प्रत्येक प्रस्तुतिको अन्त्यमा प्रश्न-उत्तरको कार्यक्रम हुने र सहभागीहरूले प्रत्यक्ष रूपमा सम्बन्धित विज्ञहरू बाट जिज्ञासाको जवाफ लिन सक्नेछन् ।
कार्यक्रममा सिट सङ्ख्या सिमित मात्र भएकाले www.goo.gl/xSiGaT मा गएर नाम टिपाई आफ्नो सिट सुरक्षित राख्नुहुन अनुरोध गरिएको छ । यस सम्बन्धि थप जानकारीका लागि गोरखा समाज अष्ट्रेलियाको फेसवुक पेज लग अन गर्न वा समाजका ध्रुव पोखरेललाई  ०४६८ ७८३ ३५०  तथा प्रकाश वस्ताकोटीलाई  ०४४९ ९४९ २३२ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । कार्यक्रममा सहभागिताका लागि शूल्क लाग्ने छैन । विशेषत नव आगन्तुक विध्यार्थी तथा आफ्नो दक्षतालाई श्रम वजार सुहाँउदो रुपमा विकास गरेर रुची तथा क्षमता अनुसारको पेशामा सम्लग्न हुन चाहनेहरू को वृत्ति विकासका लागि उपयोगी हुने गरी आयोजना गरिएको उक्त कार्यक्रममा सहभागि भई लाभ लिनु हुन सिड्नीवासी दाजुभाई दिदीबहिनीहरू लाई गोरखा समाज हार्दिक अनुरोध गरेको छ