प्रदेश नम्बर २ मा आज निर्वाचन

काठमाडौं– प्रदेश नम्बर २ मा आज सोमबार स्थानिय तहका लागि निर्वाचन सम्पन्न हुँदैछ । तेस्रो चरणको यो निर्वाचनको सम्पूर्ण तयारी पुरा भैसकेको निर्वाचन आयोगले यसअघि नै जनाइसकेको छ ।
यसैबीच निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएरपनि फोटो सहितको परिचय पत्र प्राप्त गर्न नसक्ने मतदाताका लागि बैकल्पिक ब्यवस्था गरेको जनाएके छ । प्रदेश नम्बर २ का ८ जिल्लामा हुने स्थानीय तह निर्वाचनका लागि आयोगले सम्पूर्ण मतदाताको मताधिकार सुनिश्चित गर्न वैकल्पिक व्यवस्था गरेको जनाएको छ ।
मतदाताले कुनै कारणवश तस्बिरसहितको मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा अथवा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा सरकारी निकायबाट जारी भएको तस्बिरसहितको जुनकुनै परिचय पत्रका आधारमा मतदान गर्न सकिने स्पष्ट पारेको हो ।
नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्र, २०७० सालमा आयोगले दिएको मतदाता परिचय पत्र, जग्गाधनी प्रमाण पत्र वा सरकारी निकायबाट जारी भएको तस्बिरसहितको परिचय पत्रका आधारमा मतदान गर्न सकिने आयोगले जनाएको छ ।
यद्यपी त्यसका लागि मतदाता नामावलीमा नाम हुनु पर्ने आयोगले स्पष्ट पारेको छ । मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ४८ बमोजिम सानोतिनो भूलचुक मानी निजको नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाउन समेत आयोगले सम्बन्धित सबैलाई जानकारी गराएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...