अष्ट्रेलियामा निर्माण भएको भिडियो र एल्बम सहित आए गायक सञ्जिव सिंह

काठमाडौं– गायक सञ्जिव सिंह आफ्नो ११ औं एकल एल्बम ‘गोरखपुर रेल’ लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । एल्बमसंगै गायक सिंहले यसको टाइटल सङ गोरखपुर रेलको म्युजिक भिडियो पनि प्रिमियर गरेका छन्, जसको निर्माण अष्ट्रेलियामा गरिएको हो । अष्ट्रेलियाको ब्रिसबेनस्थित गोल्डेन टाइम्स मिडियाले उक्त भिडियो निर्मँण गरेको हो ।
लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक सञ्जिव सिंहले आफ्नो ११ औं एकल गीति एल्बम ‘गोरखपुर रेल’ सार्वजनिक गरेका हुन् । स्टेरियो रेकर्ड्सले सोमबारदेखि यो एल्बम बजारमा उपलब्ध गराएको हो ।
एल्बममा गायक सञ्जिव सिंहकै शब्द तथा संगीतमा पाँच वटा गीत समावेश छन् । एल्बममा गोखरपुर रेल, अन्तिम गीत, कलाकारको बलात्कार, यो हावाले तथा सम्झना आइ रह्यो शीर्षकका गीतहरु सुन्न सकिन्छ ।
सुदिप सिंहद्वारा संगीत संयोजन गरिएका एल्बमका गीतहरु काठमाडौंको अनामनगरस्थित ट्यून्स ५८ स्टुडियोमा रेकर्डिष्टद्वय मानिक मान सिंह तथा सुरज लाल जोशीले रेकर्ड गरेका हुन् । एल्बमका गीतहरु सुरज लाल जोशीले मिक्सिङ गरेका हुन् ।
गायक सिंहले एकल एल्बमसंगै एल्बमको शीर्षक गीत ‘गोखरपुर रेल’ को म्युजिक भिडियो पनि प्रिमियर गरेका छन् । नेत्रजंग पाण्डेद्वारा निर्देशित उक्त म्युजिक भिडियोमा मिलन मिश्र तथा अर्पणा रानाभाटले अभिनय गरेका छन् । बिनोद केसीद्वारा छायांकन गरिएको भिडियोलाई सुरेश राउतले सम्पादन गरेका छन् ।
गायक सिंहले यसअघि आकाशबाट, सोल, बेस्ट अफ सञ्जिव सिंह, अल्वेज, सेलेक्टेड सञ्जिव, अनप्लग्ड, सेलेक्टेड सञ्जिव सिंह, मुग्लान, मैँच्याङ ज्यानमारा, तिमी र म जस्ता एकल गीति एल्बम सार्वजनिक गरिसकेका छन् ।
यस्तो छ गोरखपुर रेलको म्युजिक भिडियो
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...