जन्मदिनको दिन धुर्मुसले गरे चौथो परियोजनाको थालनी

रौतहट– कलाकार सीताराम कट्टेल (धुर्मुस) तथा कुञ्जना घिमिरे (सुन्तली) ले रौतहटको चन्द्रपुरमा नमूना वस्ती निर्माण प्रारम्भ गरेका छन् । यो उनीहरुले निर्माण गरेको चौथो नमूना वस्ती हुनेछ ।
चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा कलाकार दम्पतीले आज बुधवार एकीकृत नमूना सन्तपुर वस्तीको शिलान्यास गरेका छन् ।
रु ५ करोड ७५ लाखको लगानीमा ४५ वटा आवासीय घर निर्माण गरिने धुर्मुस–सुन्तली फाउण्डेशनले जनाएको छ । वस्तीका घरहरु बाढी र भूकम्प प्रतिरोधि हुनेछन् ।
धुर्मुसको जन्म दिनको अवसर पारेर शिलान्यास गरिएको वस्तीमा मुसहर, दुसाध र हजाम जातिको बसोबास हुनेछ ।
धारा, शौचालयसहितको सुविधासहितका चार कोठे ४५ घर, एउटा मन्दिर, सार्वजनिक शौचालय, सामुदायिक धारा, सामुदायिक भवन र भ्यू टावर सहितको वस्ती माघ महीनासम्म निर्माण सम्पन्न गरी २४ माघ बिहान ९ बजे हस्तान्तरण गर्ने सीताराम र कुञ्जनाले जानकारी दिए ।
वस्ती कुल १३ कठ्ठा क्षेत्रफलमा निर्माण हुनेछ ।
फाउण्डेशनले यसअघि काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक र महोत्तरीमा नमूना वस्ती निर्माण गरिसकेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...