नभेटी नभेटी नै श्वेताले  भनिन् ‘बर्षौ भो छोडेको’ 

( भिडियो सहित )
-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, अशोज ६, २०७४
नेपाली संगीतका अति नै चर्चित र भर्सटाइल गायक तथा संगीतकार शिव परियारको स्वरमा  गीतकार तथा कवि श्वेता मैनालीको कर्णप्रिय गित दशैँको शुभ मुहर्त पारेर, एनसेल नेपालको सपोर्टमा सार्बजनिक भएको छ । आफ्ना सम्पूर्ण दर्शक तथा स्रोताहरुका लागि दशैँ उपहारको रुपमा चर्चित गीत ‘नभेटी नभेटी’ को  भाग दुईको रुपमा  “बर्षौं भो छोडेको” गीत भिडियो सार्वजनिक भएको गीतकार मैनालीले बताइन।
मैनालीका अनुसार यस गीतमा बिशेष गरि नेपालबाट आफु तथा आफ्नो परिवारको सुखद भबिष्यका लागि विदेशिने  लाखौं नेपाली युवाहरुको बिदेशी जीवन कथा, आफ्नो परिवार प्रतिको माया प्रेम अनि सम्झना र पीडाले सताइरहने दैनिकीलाई गीतको शब्द मार्फत प्रष्फुटन गरेकी छन् । भने यस गीतका भिडियो निर्देशक ब्रायन राइले गीतका शब्दहरुलाई जिबन्तता दिन आफ्नो  निर्देशन मार्फत हदै सम्म न्याय गर्ने प्रयास गरेको देखिन्छ । नेपाली रंग क्षेत्रका सुलाक्ष्यन भारती तथा केनिपा सिंह जिवन्त अभिनय रहेको यस गीतमा सुजिल कर्माचार्यको संगीत संयोजन,  बिनय कंसाकारको सम्पादन रहेको छ भने छायांकन पनि निर्देशक ब्रायन राइले नै गरेका हुन् । नेपाली प्राइभेट टेलिकमको क्षेत्रमा अत्यन्तै नाम चलेको कम्पनि एनसेल नेपालको सपोर्टमा निर्माण गरिएको यस गीतलाई एनसेल नेपालले पनि आफ्ना सम्पूर्ण ग्राहकहरुलाई दशैँको सांगीतिक उपहारको रुपमा सार्वजनिक गरेको मैनालीले बताईन । यस गीतलाई शिव परियारले गत बर्ष नोभेम्बरमा नै अन्प्लग्ड भर्सनमा सार्वजनिक गरिसकेका थिए भने हाल यस गीतको फुल भर्सन निर्माण भएको हो।
भिडियोको लागि