फेसियल हाउसको लक्जरी ब्राञ्च सञ्चालनमा

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– झन्डै एक दशकदेखि सौन्दर्य सेवामा रहेको फेसियल हाउसले काठमाडौंका दुई भिन्न स्थानमा दुई सुविधा सम्पन्न शाखा विस्तार गरेको छ। फेसियल हाउस लेजिड एण्ड जेन्ट्स सैलूनका दुबै शाखाको दुई छुट्टा–छुट्टै समारोह आयोजना गरि उद्घाटन गरिएको थियो।
बागबजार प्लाजामा फेसियल हाउसको नयाँ ब्राञ्च खोलिएको छ भने सिटिस मलको दोस्रा तल्लामा सञ्चालित फेसियल हाउसको लक्जरी ब्राञ्च खोलिएको छ । सिटिस मलको दोस्रा तल्लामा सञ्चालित फेसियल हाउसको लक्जरी ब्राञ्चको उद्घाटन उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, चिकित्सक आयुष्मान घिमिरे, सुष्मा महरा लगायतले गरे । बागबजारको फेसियल हाउसको नयाँ ब्राञ्चको उद्घाटन भने निर्देशक दीपश्री निरौलाले गरिन्े ।

२०५५ सालमा काठमाडौं मलमा स्थापना भएको फेसियल हाउस लेडिज एण्ड जेन्ट्स सैलून नेपालकै एउटा अग्रणी सैलूनको रुपमा स्थापित भइसकेको छ । करिव ५० जना युवा–युवतीलाई रोजगारी दिँदै सञ्चालन भैरहेको फेसियल हाउसले दसैंको अवसर पारेर सुविधा सम्पन्न लक्जरी ब्राञ्चबाट आफ्नो सेवा प्रारम्भ गरेको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सुष्मा महराद्वारा सञ्चालित फेसियल हाउस महिला उद्यमीको राम्रो नमूना भएको धारणा व्यक्त गरिन् । छाला रोग विज्ञको रुपमा समेत प्रख्यात डा।आयुष्मान घिमिरेले छालाको हेरचाहमा सौन्दर्यकर्मीको ठूलो भूमिका रहेको बताए ।
फेसियल हाउसकी प्रवन्ध निर्देशक सुष्मा महराले अत्याधुनिक प्रविधियुक्त सेवा दिने उदेश्यले सिटिसी मलमा लक्जरी ब्राञ्च स्थापना गरिएको बताइन् ।

फेसियल हाउसको लक्जरी ब्राञ्चमा केही नयाँ सौन्दर्य प्रविधिहरु भित्राएको छ । टाटु रिमूभर लेजर मेसिन, हेयर, ब्यूटि र स्किन केयर मेसिन, कृतिम परेला प्रत्यारोपण ९आइ लाइसिस एक्सटेन्सन०, जेल नेल आर्ट, पर्मानेन्ट मेकअप, पेयर सिन, डेड लक, मेडिकेयर, पेडिकेयर जस्ता नयाँ पुस्तामा प्रचलित धेरै प्रकारका प्रविधिहरु उपलब्ध छन् । यी सबै सेवा काठमाडौंमा हिजैबाट सञ्चालन हुने सिटिसी मलको लक्जरी ब्राञ्च तथा बागबजारमा शुभारम्भ भएको ब्रँञ्चमा समेत उपलब्ध छन् ।

सौन्दर्य व्यवसायमा सफलता हासिल गरि सकेकी सौन्दर्यकर्मी सुष्मा महराले ९ वर्ष अघि फेसियल हाउस स्थापना गरेकी हुन् । काठमाडौंको मुटु सुन्धारास्थित काठमाडौं मलबाट प्रारम्भ भएको फेसियल हाउसको यात्रा सुन्धारासंगै रहेको सिटिसी मलसम्म फैलिएको हो । २०५५ सालदेखि व्युटिसियनका रुपामा कार्यरत महरा अझ बढी सेवा दिन ‘फेसियल हाउस लेडिज एन्ड जेन्ट्स सैलुन’ लाई व्यवसायकै रुपमा सञ्चालन गरी वार्षिक ५ सय भन्दा बढी सौन्दर्यकर्मी उत्पादन गर्दै रोजगारी प्रदान गरिरहेकी छिन् ।

फेसियल हाउस काठमाडौं भित्र भएका ब्युटि सैलूनहरु मध्येकै उत्कृष्ट सैलून अन्तर्गत पर्दछ । फेसियल हाउसले ब्युटि टेनिङ सुविधा पनि उपलब्ध गराउँदै आएको छ । यहाँबाट पछिल्लो आधा दशकमा आठ सय भन्दा बढि प्रशिक्षार्थीले डिप्लोमा स्तरको प्रशिक्षण लिइसकेका छन् ।

फेसियल हाउसले नेपालीहरुको छाला र कपाललाई मध्यनजर राख्दै चीन, मलेशिया, कोरिया र थाईल्याण्डको कम्पनीहरुसंग सहकार्य गरेर हर्वल व्युटी केयर कस्मेटिकको होलसेल तथा रिटेल सेवा पनि दिँदै आएको छ । फेसियल हाउसका अन्य शाखाहरु यसअघि नै काठमाडौंको चावहिल, पोखरा तथा काँकडभिट्टामा समेत सञ्चालनमा छन् ।