अस्ट्रेलियामा रहने हिन्दुहरुका लागि दशैँ टिका ग्रहण शुभ मुहुर्त सम्बन्धि सूचना !
नौ दिनसम्म विधीपूर्वक पुजापाठद्धारा उमारिएको जमरा विजया दशमी टिकाको दिनमा बितरण गरिने

नेपाली हिन्दू समाज अस्ट्रेलियाले अस्ट्रेलियन हिन्दु पन्चाङ्ग अनुसार यहाका बिभिन्न शहरहरुमा बिजयादशमीमा गरिने देवी बिसर्जन र टिका ग्रहण शुभ साइत सम्बन्धि आवस्यक सूचना जारि गरेको छ |
जस अनुसार देवि बिसर्जन शुभ साइत : शनिबार ३० सेप्टेम्बर २०१७, सिड्नीमा बिहान ५:३७ देखी ८:०४ सम्म, मेलबर्नमा बिहान ६:२९ देखी ८:३५ सम्म, क्यान्बेरामा बिहान ५:१८ देखी ८:१२ सम्म, पर्थमा बिहान ५:३९ देखी ८:२६ सम्म, डार्विनमा बिहान ६:३४ देखी ८:५९ सम्म, एडिलेडमा बिहान ५:५७ देखी ८:२५ सम्म, तास्मेनियामा बिहान ५:५६ देखी ८:२४ सम्म र ब्रिसबेनमा बिहान ५:५४ देखी ८:१३ सम्म शुभ समय रहेको जानकारी गराएको छ |
यसै गरि टिका शुभ साइत : शनिबार ३० सेप्टेम्बर २०१७ सिड्नीमा मध्यान्न १२:२९, मेलबर्नमा मध्यान्न १२:१६, क्यान्बेरामा मध्यान्न १२:२७, पर्थमा मध्यान्न १२:५६, डार्विनमा मध्यान्न १२:४७, एडिलेडमा मध्यान्न १२:३३, तास्मेनियामा मध्यान्न १२:४५ र ब्रिसबेनमा मध्यान्न १२:१६ शुभ समय रहेको कुरा नेपाली हिन्दू समाज अस्ट्रेलियाका तर्फ बाट पण्डित प्रकाश ढोडारिले जानकारी दिए |
साथै टिका समय शुरु भाईसकेपछी कोजाग्रत पुर्णिमाको दिनसम्म जुनसुकै बेला विजयदशमीको टिका लगाउन र आशिर्वाद ग्रहण गर्न सकिने छ | यस बर्ष टिका ग्रहण गर्ने ब्यक्तिले पश्चिमाभिमुख् (पश्चिम फर्केर) वा उत्तराभिमुख् (उत्तर फर्किएर ) लगाउन शुभ छ ।
नेपाली हिन्दु समाजले विगतको वर्ष झैं यस वर्षपनि सामुहिक रुपमा घटस्थापना सहित दुर्गा पुजा कार्यक्रमको अयोजना गरेको थियो । नौ दिनसम्म विधीपूर्वक पुजापाठद्धारा उमारिएको जमरा विजया दशमी टिकाको दिनमा बितरण गरिने ब्यबस्था मिलाईएको सबैलाई जानकारी गराउदछौ ।
थप जानकारी का लागि पण्डित प्रकाश ढोडारिलाइ ०४११ ८३८ ४४९ मा सम्पर्क गर्न सकिने छ |
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



