मानव तस्करी राेक्न अष्ट्रेलियन समुदायकाे महत्वपूर्ण भूमिका हुन्छ : एयर भाईस-मार्शल Stephen Osborne

अवैध रूपमा अष्ट्रेलिया आउने यात्रीहरूको रोकथामका लागि अष्ट्रेलियाको सीमा सुरक्षा नीति प्रभावशाली रहेकाे छ । अष्ट्रेलियामा अवैध रूपमा आउन खोज्ने मानिसहरूलाई राेक्न शिक्षाले महत्वपूर्ण भूमिका खेलेकाे कुरा अष्ट्रेलियाको सार्वभौम सीमा सञ्चालन (Operation Sovereign Borders)(OSB) को कमाण्डर (OSB) एयर भाईस-मार्शल Stephen Osborne बताएका छन् । अन्य देशहरूमा रहेका असहाय मानिसहरूलाई डुंगाबाट अवैध रुपमा अष्ट्रेलिया पुग्ने प्रयास गर्दा हुन सक्ने गम्भीर जोखिम र नतिजाको बारेमा “Operation Sovereign Borders” ज्ञान दिने गरेकाे छ ।
यदि मानिसलाई अष्ट्रेलियाको सीमा सुरक्षा नीतिहरूको बारेमा तथ्यहरू थाहा छैन भने, उनीहरूले गलत निर्णय गर्ने जोखिम हुन्छ र अष्ट्रेलिया पुग्न खतरनाक डुंगा यात्रा गर्ने प्रयास गर्नेछ भन्दै एयर भाईस-मार्शल Osborne ले जीवन जोगाउन र अष्ट्रेलियाको सीमाहरु सुरक्षा गर्न अष्ट्रेलियन समुदायले महत्त्वपूर्ण भूमिका निभाउन सक्ने कुरा बताएका छन् ।
मानिसहरुले आफ्नो विश्वसनीय मित्र वा नातेदारहरूले दिने जानकारीमा बढि आश्वस्त हुने गर्दछ, त्यसैले बिदेशमा रहेका मानिसहरूको निर्णयमा प्रभाव पार्न ति मान्छेहरूकाे ठुलो भूमिका हुन सक्छ
“हाम्रो अनुसन्धानले देखाउँछ कि अष्ट्रेलियाको बहुसास्कृतिक समुदायले विदेशमा रहेका मान्छेहरूको आप्रवास गर्ने निर्णयलाई प्रभावित गर्नमा एक महत्वपूर्ण भूमिका खेल्ने गर्छ । यसै कारण,अष्ट्रेलियाको सिमाना सुरक्षा नीतिहरूको जागरण बढाउनको लागि, र यो ज्ञानलाई समुदायका सदस्यहरूले आफ्ना मित्रजन र परिवार बीच बाड्ने प्रोत्साहन गर्न, हामी यी समुदायहरूसँग सहकार्य गर्न कटिबद्ध छौ ।” एयर भाईस-मार्शलले भने । मानिसहरुले आफ्नो विश्वसनीय मित्र वा नातेदारहरूले दिने जानकारीमा बढि आश्वस्त हुने गर्दछ, त्यसैले बिदेशमा रहेका मानिसहरूको निर्णयमा प्रभाव पार्न ति मान्छेहरूकाे ठुलो भूमिका हुन सक्छ भन्दै यसमा शिक्षित समुदायले गर्नु पर्ने भूमिकाका बारेमा बताउँदै अष्ट्रेलियामा अवैध अध्यागमन रोक्ने OSB को राम्रो रेकर्ड भएता पनि हामी आत्मसन्तुष्ट बन्न नहुने चेतावनी एयर भाईस-मार्शल Osborne ले दिएका छन् ।
“मानव तस्करहरूले हाम्रो सीमा सुरक्षानीतिहरूको परिवर्तन वा अष्ट्रेलिया पुग्ने नयाँ मार्गहरूका बारे निरन्तर झुठा र गलत जानकारीलाई सक्रिय रूपमा फैलाउने गर्छ जसलार्इ हामीले हरेक मौकामा त्यहाँ पुगेर सत्य, तथ्य बताउने र मानव तस्करहरूको झूटलाई उल्ट्याउने काम गर्नु अत्यन्त अावश्यक रहेकाे बताए । “अष्ट्रेलिया सरकार स्पष्ट छ कि यहाँको सीमा सुरक्षा नीतिहरू परिवर्तन हुनेछैन ।” र “डुंगाबाट अवैध रुपमा अष्ट्रेलिया सम्म पुग्ने प्रयास गर्ने जो कोहीलाई रोकिनेछ र फर्काईनेछ,” उनले भने ।
एयर भाईस-मार्शल Osborne ले विदेशमा रहेका परिवार र साथीहरूलाई अष्ट्रेलियाको कडा सीमाना सुरक्षा नीतिहरू बारे कुरा गर्न अष्ट्रेलियाका बहुसांस्कृतिक समुदायलाई आह्वान गरेका छन् । “असहाय मानिसहरूलाई मानव तस्करहरूको जालबाट बचाउन र उनीहरूलाई जीवनजोखिममा राख्नबाट जोगाउन अष्ट्रेलियाका बहुसास्कृतिक समुदायले हामीलाई मद्दत गर्न अत्यावश्यक छ ।” भन्दै जुनसुकै समुदायले पनि याे कुरामा सतर्क हुनु पर्ने बताए “जब तपाई आफ्ना साथीहरू र परिवारसँग कुरा गर्नुहुन्छ, कृपया उनीहरूलाई भनि दिनुहोस् कि अष्ट्रेलियामा आउने एक मात्र तरिका वैध भिसा लिएर हो । मानव तस्करहरुको भरोसा गरेर आफ्नो पैसा नफाल्नुहोस् वा डुंगामा बसेर आफ्नो जीवन जोखिममा नराख्नुहोस् भनेर उनीहरूलाई भनिदिनुहोस् ।” सबैलार्इ अाग्रह गरे । “अष्ट्रेलिया पुग्ने अवैध समुद्री मार्ग बन्द छ, र यो बन्द रहनेछ,” उनले भने ।
OSB बारे थप जानकारीको लागि कृपया www.australia.gov.au/novisa हेर्नुहोस् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



