खड्कालाई निगमबाट नहटाउन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई पदबाट नहटाउन सरकारलाई अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले खडकालाई हटाउने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । साथै सर्वोच्चले उनलाई हटाउनुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ ।
पेट्रोलियम भण्डारणका लागि संरचना निर्माण गर्न आयल निगमले जग्गा खरिद गर्दा ब्यापक अनियमितता गरेको आरोप खड्कामाथि लागेको छ ।
पाँच वटा संसदीय समितिहरुले आफ्नो अध्ययन्मा खडकाले अनियमितता गरेको पुष्टि भएको भन्दै उनलाई बर्खास्त गर्न निर्देशन दिएपछि सरकारले तीन साताअघि खड्कालाई बर्खास्त गरेको थियो ।
व्यवस्थापिका संसदको उद्योग, वाणिज्य तथा उपभोक्त हित सम्बन्ध समिति, सार्वजनिक लेखा समिति, अर्थ समिति, सुशासन तथा अनुगमन समिति र विधायन समितिले खड्काले भ्रष्टाचार गरेको ठहर गरेका थिए ।
लेखा समितिले खडकामाथि थप अनुसन्धान गरी मुद्दा चलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगललाई समेत आग्रह गरेको छ ।
खडकामाथि ग्यास बुलेटको खरिद अनुमति दिंदा, ग्याँस उद्योग खोल्न अनुमति दिंदा, पेट्रोल पम्प खोल्ने इजाजत दिंदा समेत अनियमतता गरेको आरोप छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...