देउवा सरकारमा सहभागी हुँदै राप्रपा

काठमाडौं– कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निश्चित भएको छ । आज सोमबार बिहान बसेको कार्यसम्पादन बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
कार्यसम्पादन बैठकमा अध्यक्ष थापाले सरकारमा उपप्रधान तथा गृहमन्त्रालयसहित चार मन्त्रालय पाउने जानकारी गराएका छन् । थापाले नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा प्रतिनिधि सभाका लागि ७–८ सिट तथा प्रदेश सभा लागि २५–३० सिट मागेको जानकारी गराएका थिए । नेता थापाले बालुवाटार बैठकबाट चार मन्त्रालय टुंगो लगाएर आएपछि पुन: कार्यसम्पाद बैठक बसी सरकारमा सहभागी हुने सांसदहरुको टुंगो लगाउनेछन् ।
माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकीकरणसहितको एजेन्डा बोकेर चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवले माओवादी मन्त्रीहरुलाई बर्खास्त गरी राप्रपालाई सरकारमा सहभागी गराउने निर्णय गरेको बताइन्छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...