गौचनका हत्याराको खोजी जारी

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गर्ने दुई हत्याराको खोजि भैरहेको प्रहरीले जनाएको छ ।
सोमबार काठमाडौंको शन्तिनगरमा गौचनको गोली हानी हत्या भएको थियो । सोमबार दिउँसो सवा तीनबजेतिर मोटरसाइकलमा आएका दुई सुटरले राजधानीको शान्तिनगरस्थित ओम शान्ति चोकमा गोली प्रहार गरी हत्या गरेका हुन् ।
गोली लागेपछि उपचारको लागि नजिकैको सिभिल अस्पताल लगिएको भएपनि डाक्टरले उनलाई मृत घोषित गरेको थियो । गौचनको शरिरमा तीनवटा गोली लागेको छ । जसमा एउटा गोली मुटुमा, एउटा कलेजोमा अर्को पेटमा लागेको छ । प्रहरीका अनुसार मोटरसाइकल चालकले गुलावी रंगको हेलमेट र टिसर्ट लगाएका थिए ।