प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद हेरफेर

माओवादी मन्त्री विना विभागिय
-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् हेरफेर गर्नु भएको छ । प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका सबै मन्त्री तथा राज्यमन्त्रीहरुलाई ‘विनाविभागीय’ बनाउदै मन्त्रिपरिषद् हेरफेर गर्नु भएको हो ।
आज मंगलबार गरिएको मन्त्रिपरिषद् हेरफेरमा प्रधानमन्त्री देउवाले गृह, परराष्ट्र, पशुपंक्षी विकास, विज्ञान तथा प्रविधि, शान्ति तथा पुनःनिर्माण र सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी आफैले लिनु भएको छ ।
त्यस्तै उपप्रधानमन्त्री कमल थापालाई उर्जा मन्त्रीको जिम्मेवारी दिइएको छ । उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई विनाविभागीय बनाइएको छ भने अर्का उप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई शिक्षा मन्त्रालयमा यथावत राखिएको छ ।