३२ जिल्लामा आज उम्मेदवारी दर्ता

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– पहिलो चरणमा निर्वाचन हुने छवटा प्रदेश अन्तर्गत ३२ जिल्लाका प्रतिनिधि सभाका ३७ र प्रदेश सभाका ७४ निर्वाचन क्षेत्रमामा आज आइतबार उम्मेदवारी दर्ता गरिदै छ । प्रदेश सभा सदस्यका लागि पहिलो पटक उम्मेदवारी दर्ता हुदैछ ।
निर्वाचन आयोगका अनुसार, उम्मेदवारको मनोनयन दर्ताको सबै तयारी पुरा भएको छ । बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम तय गरिएको छ ।
पहिलो चरणमा १० मंसिरमा ३२ जिल्ला अन्तर्गत प्रदेश–१ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश९३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश९४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश९५ का रूकुम, ९पूर्वी भाग० र रोल्पा, प्रदेश९६ का रूकुम ९पश्चिम भाग०, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा तथा प्रदेश९७ का दार्चुला, बझाङ, बाजुरा र वैतडीमा निर्वाचन हुदैछ । बाँकी जिल्लामा दोस्रो चरणमा २१ मंसिरमा निर्वाचन हुनेछ ।
पहिलो चरणको निर्वाचनका लागि ५ कात्तिकमा उम्मेदवारी दर्ताको कार्यक्रम तय गरिएको छ । पहिलो चरणमा ३२ लाख २८ हजार ८७९ मतदाताले मतदान गर्न पाउनेछन् । जसका लागि दुई हजार ९४६ मतदान स्थलमा चार हजार ४६५ मतदान केन्द्र निर्धारण गरिएका छन् ।