उत्साहपूर्ण रह्यो उम्मेदवारी दर्ता

काठमाडौं– प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि हिमाली तथा पहाडी जिल्लामा आइतबार उत्साहपूर्ण रुपमा उम्मेदवारको मनोनयन दर्ता भएको छ ।
प्रतिनिधि सभातर्फ ३७ तथा प्रदेश सभातर्फ ७४ सिटका लागि विभिन्न राजनीतिक दलले नाराजुलुस र बाजागाजासहित उम्मेदवारी दर्ता गराएका हुन् ।
जाडो बढेपछि निर्वाचन गराउन कठिन हुने भन्दै निर्वाचन आयोगले हिमाली तथा पहाडी जिल्लामा पहिलो चरणको निर्वाचन मंसिर १० गतेका लागि निर्धारण गरेको छ ।
पहिलो चरणअन्तरगत १० मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बाजागाजा सहित निर्वाचन अधिकृतको कार्यालय पुगेका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका हुन् ।
पहिलो चरणको निर्वाचनमा प्रतिनिधि सभाका लागि राजनीतिक दल र स्वतन्त्र गरी ३ सय २० जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । त्यसैगरी प्रदेशसभाका लागि ४ सय ८२ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।
नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा राप्रपा, राप्रपा प्रजातान्त्रिक, संघीय समाजवादी फोरम नेपाल र नयां शक्ति रहेका छन् ।
नेकपा एमाले, माओवादी केन्द्र तथा जनमोर्चाले बामपन्थी गठबन्धन बनाएका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...