बाढी-पहिरो पीडित नेपालीहरु प्रति समर्पित म्युजिक भिडियो सार्बजनिक 

भिडियो सहित
-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : सोमवार, कार्तिक ६, २०७४
नेपालमा हालै गएको बाढी-पहिरो लगाएतको प्रकृति प्रकोपले गरेको दुखद नोक्सानी र धन-जनको क्षतिलाई शब्द र चित्रको माध्यमले सिड्नी निबासी अरुण आर्यान चौधरीले हालै म्युजिक भिडियोको रुपमा सार्बजनिक गरेका छन् । थन्डरस्ट्रोम अडियो भिडियो समेतको सयुक्त निर्माणमा रहेको उक्त म्युजिक भिडियोमा सिड्नीका गायक/गायिकाहरु बिकास उप्रेती,  निरज खरेल,  किरण भण्डारी,  दिल तामाङ र सुजाता उपाध्यायले स्वर दिएका छन् ।  युवा रचनाकार राज गुरुङका मार्मिक शब्दहरुलाई संगीतकार किरण भण्डारीले संगीत दिएर आँफै संगीत संयोजन समेत गरेका हुन्।
“बर्षभरी जहान पाल्ने बाली बगायो ” बोलको यो म्युजिक भिडियोमा साधारण जीबन व्यतित गरिरहेको एक सामान्य नेपाली यस्ता प्रकृतिक प्रकोपको मारले कति आहत हुन्छ भन्ने जिबन्त देखाइएको छ ।  उक्त म्युजिक भिडियो को लागि बिभिन्न फोटो र भिडियो क्लिप्सहरु उपलब्ध गराउने सम्पूर्ण सरकारी तथा गैर सरकारी सँघ सस्थाहरु लाई बिषेश धन्यवाद दिदै बिपत्तीमा परेर ज्यान गुमाएका र आफन्तहरु गुमाएका सबै नेपालीहरु प्रती यो म्युजिक भिडियो निर्माण पक्षले समर्प्रित गरेका छन ।
भिडियोको लागि: