अष्ट्रेलियाका नेपाली चिकित्सकहरुको संस्थामा चापागाईं

-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
नेपालमा जन्मिएर अष्ट्रेलियामा चिकित्सकको रुपमा काम गरिरहेका नेपाली चिकित्सकहरुको संस्था अष्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेन्टल प्रोफेसनल (एएनएमडिए) मा डा. घनश्याम चापागाईं अध्यक्षमा चुनिएका छन् ।
यहाँ कार्यरत रहेका नेपाली चिकित्सकहरु तथा दन्त चिकित्सकहरुलाई एकै स्थानमा ल्याउने र नेपाल तथा नेपालीहरुको हितमा काम गर्ने उद्देश्यले केही समयअघि संस्थाको स्थापना गरिएको थियो । संस्थाले यहाँ आइपुगेका नेपाली डाक्टरहरुलाई अष्ट्रेलियन मेडिकल काउन्सिलको परिक्षाको तयारी लगायतका कार्यमा सहयोग समेत गर्ने उद्देश्य राखेको छ ।
केही दिनअघि दक्षिण अष्ट्रेलियाको एडिलेडमा सम्पन्न संस्थाको साधारणसभामा उपाधक्ष्यहरुमा डा. चन्द्र पोखरेल र डा.गणेश श्रेष्ठ चुनिएका छन भने सचिवमा डा. कुश श्रेष्ठ, सहसचिवमाा डा. अर्जुन बुर्लाकोटी, कोषाधक्ष्यमा डा. अञ्जु श्रेष्ठ, सहकोषादक्ष्यमा डा.पवन प्याकुरेल छानिएका छन् । दुई बर्षको कार्यकालका लागि छानिएको कार्यसमितीमाा अष्ट्रेलियाका बिभिन्न राज्यहरुमा संयोजक समेत तोकिएको छ ।
न्यु साउथ वेल्स र अष्ट्रेलियन क्यापिटल टेरिटोरीको संयोजकमा डा. प्रबिन पाठक, पश्चिम अष्ट्रेलिया, दक्षिण अष्ट्रेलिया र नर्दन टेरिटोरीमा डा. सर्बिन रञ्जितकार तथा भिक्टोरिया र तास्मानियामा डा. आशुतोष काफ्ले छानिएका छन् । संस्थाको सल्लाहकारमा निवर्तमान अध्यक्ष डा. केशव भट्टराई र प्रवक्ता तथा प्रशासनको जिम्मेवारी क्रमशः दीपक बिष्ट र पुनम पन्तले पाएका छन् ।  ।