शनिवार बिहानै त्रिसुलीमा बस खस्दा ३१ को निधन

काठमाडौं– पृथ्वी राजमार्गको धादिङ खण्डमा त्रिशुली नदीमा शनिवार बिहान एउटा यात्रुबस सडकबाट खस्दा ज्यान गुमाउनेको संख्या ३१ पुगेको धादिङका प्रमुख जिल्ला अधिकारीले बताएका छन् । सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको छ । बस नदीमा डुबेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ११ जनाको निधन भएको समेत प्रहरीले उल्लेख गरेको छ ।
धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशूली नदीमा बस खस्दा चार जनाको मृत्यु भएको हो । दुर्घटनामा १५ जना घाइते भएका छन् ।
जिल्ला प्रशासन कार्यालय धादिङले दिएको जानकारी अनुसार दुर्घटनास्थलमा दुई महिला र दुई पुरुषको शव भेटिए पनि उनीहरुको सनाखत भएको छैन ।
दुर्घटनामा घाइते १५ जनामध्ये गम्भीर घाइते दुई जनालाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा लगिएको छ । अन्य १३ जना घाइतेको स्थानीय गजुरी सामुदायीक अस्पतालमा उपचार भइरहेको छ ।
बसलाई क्रेनको सहायताले बाहिर निकाल्ने प्रयास भइरहेको छ । बसमा कति यात्रु थिए भन्ने एकीन अझै हुन सकेको छैन ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारका लागि परिचालन गरिएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...