शनिवार बिहानै त्रिसुलीमा बस खस्दा ३१ को निधन

काठमाडौं– पृथ्वी राजमार्गको धादिङ खण्डमा त्रिशुली नदीमा शनिवार बिहान एउटा यात्रुबस सडकबाट खस्दा ज्यान गुमाउनेको संख्या ३१ पुगेको धादिङका प्रमुख जिल्ला अधिकारीले बताएका छन् । सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको छ । बस नदीमा डुबेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ११ जनाको निधन भएको समेत प्रहरीले उल्लेख गरेको छ ।
धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशूली नदीमा बस खस्दा चार जनाको मृत्यु भएको हो । दुर्घटनामा १५ जना घाइते भएका छन् ।
जिल्ला प्रशासन कार्यालय धादिङले दिएको जानकारी अनुसार दुर्घटनास्थलमा दुई महिला र दुई पुरुषको शव भेटिए पनि उनीहरुको सनाखत भएको छैन ।
दुर्घटनामा घाइते १५ जनामध्ये गम्भीर घाइते दुई जनालाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा लगिएको छ । अन्य १३ जना घाइतेको स्थानीय गजुरी सामुदायीक अस्पतालमा उपचार भइरहेको छ ।
बसलाई क्रेनको सहायताले बाहिर निकाल्ने प्रयास भइरहेको छ । बसमा कति यात्रु थिए भन्ने एकीन अझै हुन सकेको छैन ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारका लागि परिचालन गरिएको छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...