अम्बिकाको गीतमा मरिष्का र आकाश

काठमाडौं— अमेरिकामा रहेर पनि नेपाली गीत–संगीत सिर्जनाको क्षेत्रका सक्रिय भैरहनु भएकी गीतकार तथा कवयित्री अम्बिका गुरुङद्वारा रचना गरिएको सुगम संगीतमा आधारित ‘जून जस्तै शीतल…’ गीतको म्युजिक भिडियो प्रिमियर गरिएको छ । सोमबार साँझ आधा दर्जन नेपाली टेलिभिजन च्यानलमार्फत एक साथ प्रिमियर गरिएको उक्त गीतमा गायक सुमन केसीको स्वर छ । शंकर थापा यो गीतका संगीतकार हुन् । उदय राज पौडेलले यो गीतमा संगीत संयोजन गरेका छन् ।

अर्जुन अधिकारीद्वारा निर्देशित यो गीतको म्युजिक भिडियोमा चलचित्रका अभिनेता आकाश श्रेष्ठ तथा अभिनेत्री मरिष्का पोखरेलको सुन्दर जोडीले अभिनय गरेको छ । निर्देशक अधिकारीले आकाश र मरिष्कालाई गीतको शब्दमा व्यक्त गरिएको भावनालाई झल्काउने शैलीमा अभिनय गराएका छन् । उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् । द पिक डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।
गीतकार अम्बिका गुरुङद्वारा स्थापित भावसागर इन्टरटेन्मेन्ट एलएलसीद्वारा निर्माण गरिएको यो भिडियो भावसागरकै आधिकारिक यूट्युब च्यानलमार्फत दर्शकमाझ आएको हो ।
यस्तो छ जून जस्तो शीतलको म्युजिक भिडियो
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...