अम्बिकाको गीतमा मरिष्का र आकाश

काठमाडौं— अमेरिकामा रहेर पनि नेपाली गीत–संगीत सिर्जनाको क्षेत्रका सक्रिय भैरहनु भएकी गीतकार तथा कवयित्री अम्बिका गुरुङद्वारा रचना गरिएको सुगम संगीतमा आधारित ‘जून जस्तै शीतल…’ गीतको म्युजिक भिडियो प्रिमियर गरिएको छ । सोमबार साँझ आधा दर्जन नेपाली टेलिभिजन च्यानलमार्फत एक साथ प्रिमियर गरिएको उक्त गीतमा गायक सुमन केसीको स्वर छ । शंकर थापा यो गीतका संगीतकार हुन् । उदय राज पौडेलले यो गीतमा संगीत संयोजन गरेका छन् ।
अर्जुन अधिकारीद्वारा निर्देशित यो गीतको म्युजिक भिडियोमा चलचित्रका अभिनेता आकाश श्रेष्ठ तथा अभिनेत्री मरिष्का पोखरेलको सुन्दर जोडीले अभिनय गरेको छ । निर्देशक अधिकारीले आकाश र मरिष्कालाई गीतको शब्दमा व्यक्त गरिएको भावनालाई झल्काउने शैलीमा अभिनय गराएका छन् । उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् । द पिक डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।
गीतकार अम्बिका गुरुङद्वारा स्थापित भावसागर इन्टरटेन्मेन्ट एलएलसीद्वारा निर्माण गरिएको यो भिडियो भावसागरकै आधिकारिक यूट्युब च्यानलमार्फत दर्शकमाझ आएको हो ।
यस्तो छ जून जस्तो शीतलको म्युजिक भिडियो

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...