नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक

काठमाडौं– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन २०७४ का लागि कांग्रेसको घोषणापत्र सार्वजनिक गरेका छन् । त्यसक्रममा प्रधानमन्त्रीले लोकतन्त्रको स्थायित्व र आर्थिक समृद्धिका लागि आगामी निर्वाचनमा कांग्रेसले जित्नु अपरिहार्य भएको बताएका छन् ।
प्रधानमन्त्रीले कांग्रेसको नेतृत्वमा नै २००७ सालयता मुलुकमा ठूला परिवर्तन सम्भव भएको र मुलुकमा अब आर्थिक समृद्धि गर्न पनि आसन्न निर्वाचनमा पनि कांग्रेस विजयी हुनुपर्ने धारणा व्यक्त गरे ।
कम्युनिष्ट शासन व्यवस्थामा व्यक्तिगत स्वतन्त्रता र मानवाधिकार हनन हुनाका साथै त्रासको वातावरण हुने बताउँदै प्रधानमन्त्री देउवाले जनतालाई देशको मालिक बनाउन लोकतन्त्र नै चाहिन्छ र लोकतन्त्रको संरक्षण कांग्रेसले मात्र गर्न सक्ने बताए ।
कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सात दशकपछि मुलुकमा नयाँ संविधानमार्फत राजनीति व्यवस्थाको टुंगो लागेको बताउँदै मुलुकमा अब आर्थिक समृद्धि आवश्यक भएको र यसका लागि कांग्रेसले घोषणापत्रमार्फत प्रतिबद्धता सार्वजनिक गरेको जानकारी दिए ।
पार्टीका महामन्त्री डा। शशांक कोइरालाले कम्युनिष्ट पार्टीहरु एक ठाउँमा उभिनु कांग्रेसका लागि चुनौती भएको उल्लेख गर्दै आगामी निर्वाचनमा सम्पूर्ण कांग्रेस नेता कार्यकर्ता एक ढिक्का भएर निर्वाचनमा होमिन आग्रह गरे ।
पार्टीका नेता एवं घोषणापत्र तयारी समितिका संयोजक महेश आचार्यले घोषणापत्रका बारेमा जानकारी दिँदै राजनीतिक स्थायित्व, लोकतन्त्रको सुदृढीकरण र मुलुकको समृद्धिका लागि आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउनुपर्ने बताए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...