मिस नेशनल आइकनको अडिसनबाट छानिए २० सुन्दरी
काठमाडौं– मोडलिङमा रुची भएका १६ वर्षदेखि २७ वर्ष उमेर समुहका युवतीहरुको सौन्दर्य तथा प्रतिभा प्रस्फुटन गराउने सौन्दर्य प्रतियोगिता ‘मिस नेशनल आइकन–२०१७’ को पहिलो चरणको अडिसन सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न अडिसनबाट २० जना युवतीहरु छनोट भएका छन् । पहिलो चरणको अडिसनमा कोरियोग्राफर कला सुब्बा र गायक तथा संगीतकार धनीराम राई निर्णायकको रुपमा रहेका थिए ।
ब्राइट ईन्टरटेन्मेन्टले आयोजना गर्न लागेको यो प्रतियोगिताबाट छनोट भएका प्रतिस्पर्धिहरुलाई यसै सातादेखि प्रशिक्षणमा सहभागि गराइने आयोजक संस्थाका प्रमुख धनीराम राईले जनाएका छन् । प्रतियोगिताको कोरियोग्राफी कला सुब्बाले गर्नेछिन् । टुँडिखेलमा आयोजना हुने ग्राण्ड फिनालेका विजेतालाई कार उपहार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।
पहिलो चरणको प्रतियोगिताबाट प्रियंका पुरी, पुजा आङ्देम्बे, सलिना गुरुङ, सोफिया लिम्बु, आरती राई, निर्मला तामाङ, सञ्जु लिम्बु, साइना सुब्बा, देवी मगर, ईन्द्रा राई, ऐश्वर्य राई, इन्जिता राई, प्रभा राई, आइशा राई, रश्मी आले, सिमरन लामा, जस्मिन मानन्धर, लेना राई, सम्पूर्ण राई तथा मेरिना तुस्मा छनोट भएका छन् ।
अडिसनबाट छनोट भएका प्रतिस्पर्धिहरु एक महिना लामो प्रशिक्षणमा सक्रिय हुनेछन् । त्यसक्रममा उनीहरुलाई क्याटवाक, व्यक्तित्व विकास, खेलकुदसहितका विधामा प्रशिक्षण दिइने छ ।
प्रतियोगिताको ग्रान्ड फिनाले मंसिर १७ गते काठमाडौंमा सम्पन्न हुनेछ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...