मिस नेशनल आइकनको अडिसनबाट छानिए २० सुन्दरी

काठमाडौं– मोडलिङमा रुची भएका १६ वर्षदेखि २७ वर्ष उमेर समुहका युवतीहरुको सौन्दर्य तथा प्रतिभा प्रस्फुटन गराउने सौन्दर्य प्रतियोगिता ‘मिस नेशनल आइकन–२०१७’ को पहिलो चरणको अडिसन सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न अडिसनबाट २० जना युवतीहरु छनोट भएका छन् । पहिलो चरणको अडिसनमा कोरियोग्राफर कला सुब्बा र गायक तथा संगीतकार धनीराम राई निर्णायकको रुपमा रहेका थिए ।
ब्राइट ईन्टरटेन्मेन्टले आयोजना गर्न लागेको यो प्रतियोगिताबाट छनोट भएका प्रतिस्पर्धिहरुलाई यसै सातादेखि प्रशिक्षणमा सहभागि गराइने आयोजक संस्थाका प्रमुख धनीराम राईले जनाएका छन् । प्रतियोगिताको कोरियोग्राफी कला सुब्बाले गर्नेछिन् । टुँडिखेलमा आयोजना हुने ग्राण्ड फिनालेका विजेतालाई कार उपहार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।
पहिलो चरणको प्रतियोगिताबाट प्रियंका पुरी, पुजा आङ्देम्बे, सलिना गुरुङ, सोफिया लिम्बु, आरती राई, निर्मला तामाङ, सञ्जु लिम्बु, साइना सुब्बा, देवी मगर, ईन्द्रा राई, ऐश्वर्य राई, इन्जिता राई, प्रभा राई, आइशा राई, रश्मी आले, सिमरन लामा, जस्मिन मानन्धर, लेना राई, सम्पूर्ण राई तथा मेरिना तुस्मा छनोट भएका छन् ।
अडिसनबाट छनोट भएका प्रतिस्पर्धिहरु एक महिना लामो प्रशिक्षणमा सक्रिय हुनेछन् । त्यसक्रममा उनीहरुलाई क्याटवाक, व्यक्तित्व विकास, खेलकुदसहितका विधामा प्रशिक्षण दिइने छ ।
प्रतियोगिताको ग्रान्ड फिनाले मंसिर १७ गते काठमाडौंमा सम्पन्न हुनेछ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...