‘निजी सुशी बार’ यस बर्ष तिन पुरुष्कारले सम्मानित

-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
सिड्नीको रयाण्डविक सिटि काउन्सिल अन्तर्गत किङ्गसफर्डमा रहेको  निजी सुशी बारले यस बर्ष तिन भिन्न विधामा आफुलाई अब्बल ठहराउदै सम्मानित भएको छ। झट्ट सुन्दा यो रेस्टुरेन्ट नेपाली सवामित्वको होइन कि जस्तो लाग्छ तर होइन यसका संचालक सिड्नीको नेपाली समाजमा परिचित अनुहार, बिबिध परोपकारी कार्यमा सधै अग्रपंतिमा आउने राज खनाल हुन् ।
नेपाली ब्यबसायीहरु एउटै प्रकृतिका भन्दा भिन्न प्रकृतिका व्यापार ब्यबसायमा र अवसरको खोजिमा रहनु पर्छ भन्ने बिश्वास गर्ने युवा ब्यबसायी राज खनालले बिगत सात बर्ष देखि संचालन गर्दै आइरहेको यस सुशी बार त्यस क्षेत्रको निक्कै व्यस्त र गुणस्तरीय रेस्टुरेन्ट हो ।  जसको प्रमाण हो रयाण्डविक सिटि काउन्सिलले प्रत्येक २ बर्षमा संचालन गर्ने सम्मानमा सधै उत्कृष्ट रहेको निजी सुशी बार।  प्रत्येक २ बर्षमा रयाण्डविक सिटि काउन्सिल भरि बाट यस क्षेत्रका १२ हजार १ सय उन्नान्साठी ब्यबसायलाई पछि पर्दै निजी सुशी बार Business excellence award – 2017 बन्न सफल भएको छ। त्यसो त निजी सुशी बारले २०१३ / २०१५ र २०१७ गरेर लगातार ३ पटक यो सम्मान प्राप्त गर्न सफल भएको छ। त्यसको अलावा यस बर्ष निजी सुशी बार Outstanding Business of the year पनि बन्न सफल भयो । यसरि नै २७ भिन्न विधामा पुरष्कृत गरिने सम्मान अन्तर्गत “Business of the Year” आफैमा सबै भन्दा ठुलो र सबैले गर्ब गर्न सक्ने सम्मान हो जुन सम्मान पनि यस पटक निजी सुशी बारले प्राप्त गर्न सफल भयो।
रयाण्डविक सिटि काउन्सिल अन्तर्गत Chifley, Clovelly, Coogee, Kensington, Kingsford, La Perouse-Phillip Bay, Little Bay, Malabar, Maroubra, Matraville, Randwick and South Coogee जस्ता अति महंगा र घना बस्ति भएका सबर्बहरु पर्छन।  उक्त सम्मान बितरण कार्यक्रम गत १ नोभेम्बरका दिन रयाण्डविक रेस कोर्षमा सम्पन्न भएको थियो।  रयाण्डविक सिटि काउन्सिलकी मेयर Lindsay Shurey को बिशेष उपस्थिति र काउन्सिलर र काउन्सिलका सदस्यहरु को उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा ५०० जना भन्दा बढी उधमीहरुको उपस्थिति थियो। ब्यबसाय प्रतिको आफ्नो र टिमको समर्पण, गुणस्तरीय खाना र ग्राहकहरु प्रति ‘अथिति देबो भब’ को भाबनाको गरिएको सेवाभाबले ‘निजी सुशी बार’ सम्मानित भएकोमा सबै शुभेच्छुक प्रति संचालक खनालले धन्यवाद व्यक्त गरेका छन्।