एनआरएनए भर्सन दुईले उदाहरणीय संस्था बनाउने छु : भवन भट्ट, अध्यक्ष, गैरआवासिय नेपाली संघ

सन् २००३ मा सम्पन्न भएको गैरआवासीय नेपाली संघको पहिलो विश्व सम्मेलनदेखि नै सकृय भवन भट्ट २००३ – ४ मा जापान एनसीसी तदर्थ समितिका सदस्य, २००४ – ६ सम्म निर्वाचित सदस्य, २००६ – ८ सम्म निर्वाचित सदस्य, २००८ – १० सम्म जापान एनसीसीका अध्यक्ष, २०१० – ११ सम्म जापान एनसीसीका सल्लाहकार, अन्तर्राष्ट्रिय परिषद्को एक कार्यकाल कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्ष भएर अध्यक्ष निार्वचित भएका हुन् ।
अध्यक्ष पदमा निार्वचित हुदै गर्दा के कारण निर्वाचित भए भन्ने लाग्छ ?
पहिलोे आधार भनेको म एनआरएनएको अभियानको शुरुवातदेखि नै संलग्न छु । एनआरएनए स्थापना भएका सबै देश पुगेर सबै साथीहरूसग परिचित छु । साथै, म नै यस्तो व्यक्ति हुला जो एनसीसीको शुरुवात सदस्यदेखि अध्यक्ष हुदै केन्द्रको कोषाध्यक्ष हुदै दुई कार्यकालको उपाध्यक्ष भएर अहिलेको अध्यक्षमा निर्वाचित भए । म संग हाम्रा अग्रज अध्यक्षहरूसगसगै काधमा काध मिलाएर काम गरेको अनुभव मसग छ । उहाहरूले जसरी काम गरेर जानुभयो त्यसबाट मैले धेरै सिक्ने मौका पाएको छु ।
तपाईको अबको प्राथमिकता के के हुन्छन ?
एनआरएनएमा मेरो मुख्यतः चार वटा एजेन्डा छन् जसका कारण भैले चुनाव जिते । पहिलो, मैले एनआरएनए भर्सन २ भनेको छु । अर्थात, अब एनआरएनए ठूलो संस्था भयो । अब यसलाई नया उचाइमा लैजान ‘नया युगको सुरुवात : सबै हात एक साथ’ भनेर महिला, युवालगायत सबैलाई समेटेर वृहत विस्तार गर्ने । दोस्रो, नेपालको अर्थतन्त्रमा एनआरएनएलाई जोड्ने गरि स्मार्ट एनआरएनए बनाउने ।
एनआरएनएले यथार्थपरक, मापनयोग्य, उपलब्धीमूलक तथा निश्चित समयतालिका तोकेर कार्यक्रम ल्याउने । त्यस्तै, तेस्रो भनेको सामूहिक लगानी संयन्त्र बनाउने । यस होल्डिङ कम्पनी मार्फत ब्यवसायिक समूहले लगानी गर्ने । जसमा सबै चाहना भएका एनआरएनले १००० देखि १००,००० सम्म प्रतिमहिना लगानी गर्नसक्ने छन् । यसले सबैमा सामूहिक लगानीको भावना पनि बढ्छ तथा सबैको ओनरसीप पनि हुन्छ ।
चौथो भनेको एनआरएन एकेडेमी स्थापना गर्ने । जसले नेपालभित्र आफ्नो सिप तथा ज्ञान अनुभव हस्तान्तरण गर्दछ । साथै नेपालले बाहिरका मुलुकसग कसरी सहयोग बढाउने तथा लगानी बढाउने भन्ने काम सरकारसग मिलेर गर्दछ । यी र यस्ता धेरै योजना तथा कार्यक्रम ल्याएर एनआरएनबाट नेपालले राखेका अपेक्षा पुरा गर्ने जस्ता कामका योजना पुरा गर्ने छु ।
एनआरएनएले भूकम्पपीडितका लागी एक हजार घर कहिले हस्तान्तरण हुन्छ ?
सत्य कुरा भन्नु पर्दा भूकम्पपछि नमुना घर बनाउने मेरै प्रस्ताव हो । गोरखाको लाप्राक दुई किसिमले महत्वपूर्ण छ । एक गोरखा भूकम्पको केन्द्रविन्दु नै भएकाले, अर्को गोरखा मेरो आफ्नै जन्मथलो हो । अहिले लगभग ६० प्रतिशत काम सकिइसकेको छ । सम्भवतः यही अक्टोबरभित्रै केही घर हस्तान्तरण गर्छौं होला ।
हाम्रो लक्ष्य त के थियो भने यही अक्टोवर ११ को एनआरएनए डे को दिन सम्पूर्ण लाभग्राहीलाई घर हस्तान्तरण गर्ने । तर त्यहाको मौसम अनि एकदम विकटता जस्ता कारणले यो सम्भव भएन । नसकेको कामलाई निरन्तरता दिएर लाभग्राहीलाई घर हस्तान्तरण गर्ने प्रयास गर्ने छौं ।
हालसम्मको तथ्यांक हेर्दा करिब ३२ अर्ब त सम्झौता भएका जलविद्युतमा नै आउने देखिन्छ । त्यसमध्ये पनि १२ अर्ब त लगानी नै भइसक्यो । त्यस्तै, होटलमा करिब २२ अर्ब लगानी भइरहेको छ । यसरी हेर्दा हाल कुल अर्थतन्त्रको ५ प्रतिशतको हाराहारीमा अर्थात १ खर्ब भन्दा बढी एनआरएनको नेपालमा लगानी देखिन्छ ।
एनआरएनएको महत्वपूर्ण परियोजनामध्ये अर्को आफ्नै हेडक्वाटरप्रति पनि धेरैको चासो देखिएन नि ?
एनआरएनएको महत्वपूर्ण परियोजनामध्ये आफ्नै हेडक्वाटर म कोषाध्यक्ष हुदा मैले नै ल्याएको योजना हो । हाम्रो हेडक्वाटरमा संस्थापक उपेन्द्र महतोदेखि वर्तमान अध्यक्षज्यू र हरेक एनआरएनको लगानी परेको छ । अब सबै जना शारिरीक रूपमा त्यहा गएर गर्न सक्ने र नसक्ने त सबैको आ–आफ्नै समस्यामा छ । त्यो भवन भनेको चाहि हामी सम्पूर्ण एनआरएनको सपना हो ।
हामी सम्पूर्ण एनआरएनहरूले आफ्नो गच्छेअनुुसार आफूले सकेको आर्थिक सहयोग पनि गरेका छौं । म तपाईंलाई एकदम खुसीका साथ भन्न चाहन्छु यहि अक्टोबरभित्र एक तल्ला भए पनि पूरा गरेर उद्घाटन गरी आफ्नै हेडक्वाटरमा सर्ने छौं ।
रेमिट्यान्सले कति दिन देश धान्न सक्छ ? एनआरएनएले वैदेशिक रोजगारीमा जाने बाध्यताको अन्त्य गर्न सक्दैन ?
यो विषयलाई म अलि गम्भीरतापूर्वक भन्न चाहन्छु । पहिलो कुरा रेमिट्यान्सले दीर्घकालसम्म देश चल्दैन त्यो पक्कै हो । त्यसमाथि खाडी मुलुकमा थोरै पैसा कमाउन जाने हाम्रा दाजुभाइ–दिदीबहिनीहरूको कमाईले घरव्यवहार मात्रै टर्छ । एनआरएनए गठन नभइदिएको भए यो सोच पनि आउदैन थियो होला । अहिले हामी १४ वर्ष पूरा गरी १५ वर्षमा प्रवेश गर्दैछौं । विश्वभर छरिएर रहेका हामी नेपाली मात्र होइन । लगानी बढाउने र रोजगारी सिर्जना गर्ने अभियानको लागि नै सामूहिक लगानी संयन्त्र बनाउन लागिएको छ ।
नेपालमा बस्ने, नेपाल सरकार, कर्मचारी या नेपालीले पनि बैदेशिक रोजगारमा जानेहरूलाई कसरी राम्रो, सहज, व्यवस्थित र अझ पुजी निर्माणमा लगाउन सकिन्छ त्यसमा छलफल गरौं । साथै नेपालमा एनआरएनले बढाउदै लगेको लगानीले नेपालमा रोजगारी सिर्जना गरिरहेको पनि छ । अझ लगानी बढाउने र रोजगारी सिर्जना गर्ने अभियानकै लागि नै सामूहिक लगानी संयन्त्र बनाउन लागिएको छ ।
लगानीको कुरा गर्नुभयो हालसम्म एनआरएनबाट उल्लेख्य लगानी आएन भन्ने गुनासो पनि छ नि ?
धेरैलाई त्यस्तो लाग्न सक्छ । तर, ५ वर्षअघि नेपाल आर्थिक पत्रकार समाजले ९ जिल्लामा गरेको अध्ययनले करिब ३० अर्बको लगानी देखाएको थियो । तर, हालसम्मको तथ्यांक हेर्दा करिब ३२ अर्ब त सम्झौता भएका जलविद्युतमा नै आउने देखिन्छ । त्यसमध्ये पनि १२ अर्ब त लगानी नै भइसक्यो । त्यस्तै, होटलमा करिब २२ अर्ब लगानी भइरहेको छ । यसरी हेर्दा हाल कुल अर्थतन्त्रको ५ प्रतिशतको हाराहारीमा अर्थात १ खर्ब भन्दा बढी एनआरएनको नेपालमा लगानी देखिन्छ ।
संविधानमा गैरआवासीय नेपालीलाई नागरिकता दिने उल्लेख छ, यसले नेपाललाई के फाइदा हुन्छ ?
हामी आभारी छौं नेपाल सरकारसग । किनकी संविधानमै गैरआवासीय नेपालीलाई नागरिकता दिने उल्लेख गरिएको छ । यो एकदम जरुरी पनि छ । म भवन भट्ट पहिलो पुस्ता हो विदेश जाने । यदि यो देशले आउन नदिएको खण्डमा लुकीछिपी भए पनि आउने कोशिस गर्छु र आउछु पनि । त्यस्तै पर्यो भने विदेश नगइकन पनि यो देशमा अर्थोपार्जन गर्न सक्छु । किनकी म जन्मेको देश हो । मेरो बालापन यही मातृभूमिमा बित्यो, यहा मेरा पुर्खाले रगत पसिना बगाएका छन् । यो देश मेरो मन, मस्तिष्क र भावनामा छ ।
यहा मेरा बाबा–आमा हुनुहुन्छ । तर के म जस्तै मेरा भावी सन्तान भनौं या म पछिका मेरा पुस्ता नेपाल आउलान् त ? यो दुःख गर्न उनीहरू नेपाल आउदैनन् । त्यसैले पहिलो कुरा नागरिकताको निरन्तरता पछिका पुस्ताका लागि अत्यन्त आवश्यक छ । ताकी उनीहरूको नेपालसगको सम्बन्ध नटुटोस् र उनीहरूले विदेशमा सिकेको ज्ञान, सीप र पैसालाई नेपालको समृद्धिमा लगानी गर्न सकुन् ।
निर्वाचनका बेला जातीय प्यानल भए भन्ने आरोप देखिए एनआरएनएलाई सबैको साझा संस्था बनाउन के गर्नुपर्ला भन्ने ठान्नुहुन्छ ?
पहिलो कुरा एनआरएनए संस्था आफैंमा शुरु भएको एउटा साझा संगठनबाट हो । मेरो एउटा एजेन्डा नै सबैको साझा सबैको माझ भन्ने हो । यहा कुनै जात—भात, कुनै धर्म, कुनै भाषा, कुनै भेष, कुनै क्षेत्र न कुनै राजनीतिक पूर्वाग्रह छ ।
सम्भवतः दुनियामा यस्तो संगठन नै छैन होला । मात्र कुरा के हो भने हामीले गर्ने गतिविधी कति साझा छन् भन्ने हो । मेरो आफ्नै कार्यशैली छ, म साथीभाइहरूसग सुझाव सल्लाह लिएर अगाडि बढ्छु, सुझावका लागि संधैं खुला छु । अरुको कार्यशैली फरक होला । हरेकको फरक फरक विचार छ, फरक फरक सोच छ, फरक फरक कार्यशैली छ तर यो साझा संगठन हो ।

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण...

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा महिलामा पाठेघरको क्यान्सर भयावह अवस्थामा...

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यानसर निवारणको लागि उपचारात्मक र...

काठमाडौं– आज माघ २१ गते सोमवार, माघ शुक्ल पञ्चर्मी अर्थात वसन्त पञ्चमी...

काठमाडौं– ‘उज्वल छालाको लागि तपाईंँको गन्तव्य’ भन्ने नाराका साथ ललितपुरको युएन पार्कनजिकै...

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण...

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा महिलामा पाठेघरको क्यान्सर भयावह अवस्थामा...

काठमाडौं– इ–प्लानेट नेशनल हाइ स्कूल क्रिकेट च्याम्पियनशीप–२०८१ अन्तर्गत सोमवार भएको काठमाडौं क्वालिफायरर्सको...

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यानसर निवारणको लागि उपचारात्मक र...

काठमाडौं– आज माघ २१ गते सोमवार, माघ शुक्ल पञ्चर्मी अर्थात वसन्त पञ्चमी...