वृत्तचित्र महोत्सव सम्पन्न

काठमाडौं– पाटनको यलमाया केन्द्रमा चार दिनसम्म चलेको दक्षिण एशियाली वृत्तचित्र महोत्सव (फिल्म साउथएशिया) सम्पन्न भएको छ । महोत्सवमा प्रदर्शन गरिएका ६३ वृत्तचित्रमध्ये उत्कृष्टलाई प्रदान गरिने रामबहादुर ट्रफी अवार्ड यसवर्ष दुईवटा वृत्तचित्र श्रीलंकाको ‘डेमोन्स इन मालाडिज’ र भारतको ‘सोजस् अ बालाड म्यालाडिज’ ले प्राप्त गरेका छन् ।
‘डेमोन्स इन प्याराडाइज’ का निर्देशक जुडे रत्नम हुन् । यो फिल्ममा श्रीलंकाको गृहयुद्ध र त्यसपछिको शान्तिको कथा रोचक तरिकाले वर्णन गरिएको छ ।
‘सोज– अ बालाड म्यालाडिज’ का निर्देशक तुषार माधव र सर्वनिक कौर हुन् ।
भारतको कश्मिरमा दमन र हिंसाका बेला आफ्नो कलालाई प्रतिरोधको हतियार बनाएका संगीतकार र कलाकारको बारेमा छ यो वृत्तचित्र ।
महोत्सवका मुख्य अतिथि चर्चित भारतीय पत्रकार शशीकुमारले दुवै वृत्तचित्रलाई दुई हजार डलर राशीको नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र हस्तान्तरण गरे ।
त्यस्तै महोत्सवको दोस्रो उत्कृष्ट वृत्तचित्रको पुरस्कार भारतको ‘सेफर्डेस अफ ग्लेसियर्स’ले प्राप्त गर्यो । स्टान्जिन दोर्जाई ग्या र क्रिस्टिन मोर्डलेटले निर्देशन गरेको यो वृत्तचित्रलाई एक हजार अमेरिकी डलर नगद समेत प्रादन गरियो ।
त्यस्तै बालबालिकाको विषयकेन्द्रित वृत्तचित्रलई प्रदान गरिने एक हजार अमेरिकी डलरको युनिसेफ नेपाल पुरस्कार ‘फायर फ्लाइज् इन द एबिस्’ ले प्राप्त गर्यो ।
निर्देशकको पहिलो वृत्तचित्र ९डेब्यु० मध्येमा उत्कृष्ट हुने ‘रसन पिया’ ले १,००० अमेरिकी डलरको तारेक मसूद पुरस्कार प्राप्त गर्यो ।
विद्यार्थीले निर्देशन गरेको उत्कृष्ट वृत्तचित्रको पुरस्कार सहित पाँच सय अमेरिकी डलरको पुरस्कार ुथर्टीटू सोल्सु( बर्मालाई प्रदान गरियो ।
निर्णायक समितिको ‘स्पेशल मेन्सन’ मा ‘टू मच टू आस्क’– भारत, ‘ट्रेम्बलिङ माउण्टेन’– नेपाल, ‘प्रिजन सिस्टर्स’– अफगानिस्तान, ‘आस्क द सेक्सपर्ट’– भारत र अर्को एक वृत्तचित्र परे ।
सन् १९९७ मा शुरू भएको यो द्विवार्षिक महोत्सवले परिवर्तनकारी सोचलाई प्रवर्धन गर्ने दक्षिण एशियाली विषयका वृतचित्रहरू विगत २० वर्षदेखि प्रदर्शन गर्दै आएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...