एनआरएनए मिडिया तथा प्रकाशन समितिमा पूर्णता 

-- The NTA ?>
nrna
एनआरएनएले सबै क्षेत्रका बिज्ञहरु समेट्दै आफु मातहतका समितिहरुमा पूर्णता दिने क्रममा हालै मिडिया तथा प्रकाशन समितिलाई पनि पूर्णता दिएको छ । जस अन्तर्गत सबै महादेश र बहुसंख्याक राष्ट्रिय समन्वय समितिहरुबाट संचारकर्मीहरु समेटिएको छ ।
रन्जु वाग्ले थापा – संयोजकत्वमा गठित १८ सदस्सिय मिडिया तथा प्रकाशन समितिमा संगिता मरहट्टा – उपसंयोजक  (बेलायत), कृष्ण के.सी – क्षेत्रीय संयोजक (अमेरिका), सुजित सिग्देल – क्षेत्रीय संयोजक (ओसिनिया), इन्दिरा गुरुङ – क्षेत्रीय संयोजक (एसिया प्रसान्त), रबी रोशी – क्षेत्रीय संयोजक (मध्यपूर्ब), नवराज पोख्रेल – सदस्य – यूरोप, प्रतिज्ञा अधिकारी – सदस्य – ओसिनिया, नवराज बि के – सदस्य – मध्यपूर्व, सँध्या शाह – सदस्य –  ओसिनिया, बुद्धी सागर घिमिरे – सदस्य –  ओसिनिया (न्युजिल्यान्ड), सानु घिमिरे – सदस्य – ओसिनिया,  नारायण गौली – सदस्य – बेलायत, शिव राज पौडेल – सदस्य –  अमेरिका, बसन्त रानाभाट – सदस्य-यूरोप, कोपिला गौताम – सदस्य – एसिया प्रसान्त, पूर्ण बहादुर श्रेष्ठ – सदस्य – मध्यपूर्व, सरद गौचन – सदस्य –  एसिया प्रसान्त रहेका छन् ।
एनआरएनएका सम्पूर्ण गतिबिधिहरु बिबिध मिडिया तथा प्रकाशनहरु मार्फत सबै शुभचिन्तकहरु सम्म पुराउने उदेश्यको साथ यस कार्यदलको गठन गरिएको एनआरएनए प्रवक्ता तथा मिडिया तथा प्रकाशन समिति संयोजक रन्जु वाग्ले थापाले बताइन । समितिले पूर्णता पाए संगै देशका, डायस्पोराका र अन्तरास्ट्रिय मिडियाहरु सम्म एनआरएनएका गतिबिधिहरु सहजताका साथ पुराउनु यो समितिको प्रमुख उदेश्य रहने पनि प्रबक्ता थापाले बताईन ।