वाम गठबन्धनद्वारा घोषणा पत्र सार्वजनिक

काठमाडौं– वाम गठबन्धनले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तयार पारेको घोषणापत्र मंगलबार सार्वजनिक गरेको छ।
काठमाडौंको तीनकुनेस्थित रोयल ब्याङक्वेटमा आयोजित विशेष कार्यक्रमकाबीच घोषणापत्र सार्वजनिक गरिएको हो । कार्यक्रममा गठबन्धनको मुख्य घटक नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत सहभागी थिए ।
कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धनको मुख्य ध्यान मुलुकको स्थिरता र समृद्धिमा भएको बताए । देशमा स्थिरता र समृद्धिका लागि बलियो र एउटै कम्युनिष्ट केन्द्र बनाई अस्थिरताको अन्त्य गर्ने आफूहरुको लक्ष्य रहेको दाबी उनले गरे ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनको चुनावको घोषणापत्र राष्ट्र निर्माणको प्रतिबद्धता भएको बताए ।
गठनबन्धनको चुनावी घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष ओलीले घोषणापत्रले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय एकता, शान्ति, स्थायित्व र विकासबारे सुनिश्चिता गरेको दाबी गरे । ‘यो चुनावको घोषणापत्र होइन, राष्ट्र निर्माणको प्रतिबद्धता हो । गरिबी निवारण, रोजगारी, स्वच्छ वातावरण र दिगो विकासका लक्ष्यपूर्तिका लागि हामीले प्रत्याभूति गरेका छौँ, उनले भने ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...