चिनियाँ टोलीले थाल्यो रेलमार्गको अध्ययन

काठमाडौं– नेपालमा रेल मार्गको निर्माणका लागि सम्भावित ठाउँहरूको अध्ययन गर्नका लागि चिनियाँ टोली नेपाल आएको छ । उक्त टोलीले त्यसका लागि स्थलगत अध्ययन भ्रमण थालेको छ। रेल विभागको अधिकारीहरूसहित चिनियाँ विज्ञ टोलीले मंगलबार केरुङ–काठमाडौं खण्डको सम्भावित रेल मार्गको स्थलगत अध्ययन भ्रमण थालेको हो।
प्राविधिकसहितको चिनियाँ विज्ञ टोलीले नेपालमा रेल मार्ग बनाउन सम्भाव्यता भएका ठाउँहरू केरुङ–काठमाडौं खण्ड सम्पन्न गरेर पोखरा–काठमाडौं र पोखरा–लुम्बिनी जोड्ने रेलमार्गको स्थलगत अध्ययन भ्रमण गर्ने रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायले जानकारी दिएका छन् ।
उनका अनुसार उक्त टोली भ्रमण सकाएर शुक्रबार समीक्षा बैठक बस्ने छ । उक्त टोली शनिबार चीन फर्कने भएको छ। चिनियाँ उपमन्त्रीसहितको २३ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको टोली नेपाल सरकारको निमन्त्रणमा सोमबार काठमाडौं आइपुगेको थियो।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



