त्रिपुरेश्वरको वर्कसप आगलागीमा एकको निधन

काठमाडौं– काठमाडौंको त्रिपुरेश्वरमा रहेको आलम मेकानिकल वर्कसपमा बिहिबार साँझ भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ ।
जयन्ती पेट्रोलपम्पसँगै रहेको वर्कसपमा आगलागी हुँदा ज्यान गुमाएका व्यक्तिको पहिचान खुल्न नसकेको महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिए । घटनामा घाइते भएका दुई जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार आगलागीबाट करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ । काठमाडौँ र ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दमकल र अग्नि नियन्त्रक टोलीले आगलागी नियन्त्रण गरेको प्रहरीले जनाएको छ ।
आगलागीका कारणबारे खोजी भइरहेको छ ।
आगलागीबाट जयन्ती पेट्रोल पम्पको स्टोरसमेत क्षति भएको छ । समयमै आगलागी नियन्त्रणमा आएका कारण ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।
‘पेट्रोल पम्पमा आगलागी भएको भए ठूलो क्षति हुन सक्थ्यो, समयमै नियन्त्रण हुन सकेकाले दुर्घटना टरेको छ’, उपरीक्षक क्षेत्रीले भने ।
आगलागीमा परी मृत्यु भएकाको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पठाइसकिएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...